
काठमाडौं : बिद्यार्थी नेता रामबहादुर तिरुवाकाे वुवाकाे निधन प्रति अखिल(क्रान्तिकारी)ले श्रद्धाञ्जली व्यक्त गरेको छ । अाज अध्यक्ष मिलन राई द्धारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै कालिकोट जिल्ला सान्नीत्रिबेणी गाउँपालिका वडा नं ९ मुम्रा निवासी हाम्रो संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा विश्वविद्यालय CTEVT विशेष समिति संयोजक रामबहादुर तिरुवाको बुबा कर्णसिंह तिरुवाको मिति २०८० साउन ३१ गतेका दिन ९२ वर्षको उमेरमा भएको निधनले हामीलाई अत्यन्तै मर्माहत र दुःखित बनाएको समेत बताएको छ । उक्त विज्ञप्तिमा भनिएको छ “दिवंगत आदरणिय बुबा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कमरेड रामबहादुर लगायत शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।”
प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार