
काठमाडौं : मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल(क्रान्तिकारी) ३ नं. प्रदेशले काठमाडौं उपत्यकामा शैक्षिक जागरण अभियान सुरु गरेको छ । विद्यार्थीहरूलाई आफ्ना हक अधिकार प्रति सचेत बनाउन लागि शैक्षिक जागरण अभियान संचालन गरिएको हाे ।
नेपालको शैक्षिक आन्दोलनलाई निर्णायक बिन्दुमा पुर्याउने उदेश्य का साथ अभियान संचालन गरिएको संगठनको सह संयाेजक शिलु न्याैपानेकाे भनाइ छ। नेकपा (बहुमत) र नेकपा(क्रान्तिकारी- माओवादी)को एकता पश्चात विद्यार्थीको पनि एकीकरण भएको थियो ।
एकीकरण भैसकेपछि बाग्मति प्रदेशले शैक्षिक जागरण अभियान सुरु गरिएको अखिल(क्रान्तिकारी) उपत्यकाका कमाण्डर हरि विष्टले जानकारी दिनु भयो ।
प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार