
कोहलपुर / बाँकेको कोहलपुर नगरपालिका १४ हवल्दारपुरमा बसोबास गर्ने मुना खड्काको निधन भएको छ ।
बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा अध्यनरत २२ वर्षिय खड्काको सोमबार आफ्नै निवासमा बीस सेवन गरे पश्चात् उपचारका क्रममा कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हो ।
उनी एक युवक संग प्रेम सम्बन्धमा रहेको र ती युवकले बिभिन्न बहानामा खड्कालाई यातना, धम्की, डर देखाउदै आएपछि बाच्नुको विकल्प नरहेकोले आत्महत्या गरेको खड्काका आफन्त बताउन्छन ।
पिडक भनिने युवकलाई कानुनको दायरामा ल्याउनुपर्ने उनका साथिहरुले बताउन्छन ।
उनि लामो समयदेखि बिधार्थी राजनीतिमा सक्रिय हुँदै विद्यार्थीको हकहितको लागी आवाज उठाउदै आएकी हुन । उनी अहिले बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट बि.बि.एस. चौंथो सेमेस्टरमा अध्यनरत थिई ।
प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार