कञ्चनपुर : नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा परित्याग गरी कञ्चनपुर जिल्लाका एक नेता मोहन वैद्य ‘किरण’ को क्रान्तिकारी कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
कञ्चनपुर जिल्ला कमटी सदस्य जनक महरले नेकपा परित्याग गरेको घोषणा गरेका हुन् । आज शनिबार उनले एक प्रेस नोट जारी गर्दै विप्लव क्रान्तिकारी लाईनबाट बिचलित भएको र समाजवादी मोर्चाको नाम दिदै संसदिय मोर्चाको निर्माण गर्दै संसदिय व्यवस्थामा विलय हुन भएको उनले जारी गरेको विग्यप्तिमा उल्लेख छ।
पछिल्लो समय विप्लवमा आएको राजनिति विचलनका कारण उनको पार्टीका नेता कार्यकर्ता रुष्ट रहेको जानकारहरु बताउछन् ।
प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार