
डोटी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल डोटीद्वरा संचालित जनसम्पर्क तथा भेटघाट अभियान अन्तरगत अविरल वर्षातको बिच वडीकेदार-५ अतरकाँडा बजार डोटीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज सन्देशले दलाल संसदिय व्यवस्थाको कारण गाँउगाँउमा लुटतन्त्र मच्चिरहेको र त्यसको कारण गाँउगाँउमा लघुवित्त र मिटरब्याजको नाममा लुटधन्दा चलिरहेको हुदाँ तिनिहरुलाई गाँउगाँउमाबाट लेखटनु पर्ने बताए ।
अर्को प्रशंगमा वडीकेदार धाममा एक वर्ष अगाडि नै ९ करोड योजनाद्वारा निर्माण भैराखेको पैदलमार्ग ठेकदारले अल्पत्र पारेर छोडेको र श्रमिकहरुको ज्याला समेत नदिएर ठेकदार भागेको हुदाँ तिनिहरुलाई तुरुन्तै आएर श्रमिकको ज्याला भुक्तानी गर्न र काम शुचारु गर्ने भनिएको र यदि भनेको अनुसार नगरेमा जनकार्बाही गर्न बाध्य हुने उनले बताए। सो कार्यक्रममा जिल्ला सहसंयोजक निर्मल,जिल्ला कार्यालय सदस्य रबिन्स लगायत नेताकार्यकर्ता र स्थानिय जनसमुदायहरुको उपस्थिति रहेको थियो