अमेरिकी परियोजना MCC पास गरेपछि मात्रै प्रचण्ड बल्ल पहिलो पटक अमेरिका भ्रमण जादै

काठमाडौं : अमेरिकी परियोजना MCC पास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बल्ल पहिलो पटक अमेरिका भ्रमण जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डलाई याे सम्झौता अर्थात अमेरिकी पक्षमा काम नगर्दासम्म शान्ति प्रक्रियामा अाए यता प्रधानमन्त्री प्रचण्ड अमेरिकी भ्रमण गर्नका लागि लालयित भए पनि अमेरिकी सरकारले अनुमति दिएको थिएन् । उनले शान्ति सम्झौता गरेर सरकारको पटकपटक नेतृत्व गरिरहदा समेत MCC सम्झौता पास हुनुभन्दा अगाडि सम्म अाँतकवादकाे सुचिबाट अमेरिकाले हटाएको थिएन । अहिले प्रचण्डले अाफैले सरकारकाे नेतृत्व गरिरहेकै बेलामा अमेरिकी परियोजना MCC पास गरेपछि भने अाँतकवादकाे सुचिबाट हटाएर अमेरिकाले भ्रमणकाे निम्तो दिएको छ । यसै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी महिना अमेरिकाको न्यूयोर्क हुँदै चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन न्यूयोर्क जाने र उतैबाट १९औं एसियाली खेलकुदमा सहभागी हुन चीन जाने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क र चीन भ्रमणको तयारी सुरु गरिसकेको छ । ‘प्रधानमन्त्रीज्यूको न्यूयोर्क र चीन भ्रमणको तयारी भइरहेको छ,’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय नगरिसकेकाले धेरै कुरा टुंगो लाग्न बाँकी छ ।’

यसअघि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको मिति र चीन भ्रमणको मिति ९सेप्टेम्बर २३० एकैदिन परेपछि प्रधानमन्त्री प्रचण्ड कहाँ जाने भन्ने द्विविधामा थिए । तर संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने मिति संशोधनका लागि राष्ट्रसंघलाई अनुरोध गरेको थियो । सो अनुरोधपछि प्रधानमन्त्री प्रचण्डले महासभालाई सेप्टेम्बर २१ मा सम्बोधन गर्ने गरी मिति संशोधन भएको स्रोतले बतायो । महासभामा सम्बोधन अगाडि विभिन्न कार्यक्रमहरुमा सहभागी पनि हुनुपर्ने भएकाले १६ वा १७ सेप्टेम्बरमा काठमाडौंबाट न्यूयोर्क प्रस्थान गर्ने तयारी छ । महासभालाई सम्बोधन अघि सेप्टेम्बर १८ र १९ मा दिगो विकास सम्बन्धी सम्मेलनमा पनि सहभागी हुनुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्ड त्यस अगाडि नै न्यूयोर्क प्रस्थान गर्न सक्ने स्रोतले बतायो । न्यूयोर्कमा उनले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुसँग साइडलाइन वार्ता गर्ने गृहकार्य भइरहेको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट सिधै चीन जाने तयारीमा छन् । चीनमा उनी १९ औं एसियाली खेलकुदमा सहभागी हुनुका साथै उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने छन् ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस