
काेसि ब्यारेजमा पानीको सतह बढेर खतराको सङ्केत हुन थालेपछि सर्तकता अपनाउन रातो बत्ती बालिएको छ । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव उच्च भएको हो । अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको हाे । कोशी ब्यारेज कन्ट्रोलरूमका अनुसार आज बिहान बहाव ४ बजे चार लाख ६२ हजार क्युसेक मापन गरिएको थियो । पानीको बहाव उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह समेत गरेको छ ।
प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार