क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) चितवन जिल्लाको जिल्लाको एकता भेला यहि श्रावण २४ गते सप्तगण्डकी बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।
एकता भेलाले सविन खड्काकाे संयाेजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेकाे छ।
भेलालाई अखिल(क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले उद्घाटन गरेका थिए भने क्रान्तिकारी कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्चार्ज धर्व रावल, अखिल(क्रान्तिकारी) केन्द्रिय सह-संयाेजक तथा बाग्मती प्रदेश इन्चार्ज शिलु न्याैपाने, क्रान्तिकारी कम्युनिष्ट पार्टि चितवन जिल्ला सह-संयाेजक दुर्गा सुवेदी, अखिल(क्रान्तिकारी) वागमती प्रदेश संयाेजक उषाकिरन आजाद, धादिङ जिल्ला संयाेजन बद्रि अखिल(क्रान्तिकारी), अखिल(क्रान्तिकारी) सचिवालय सदस्य तथा उपत्यका पश्चिम कमान्ड हेर्ने विकल्प खत्रि लगायत नेताहरुकाे आतिथ्यता रहेकाे थियाे।
मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धमेन्द्र वास्तोला “कञ्चन” नेतृत्वको नेकपा(बहुमत) को पार्टी एकता भएर बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संगठन एकतालाइ तिब्र बनाएको छ ।