राष्ट्र माथि गिद्धे नजर लगाउने विदेशी शाषकहरु विरुद्ध सैन्य तालिम गरि लड्नु पर्छ : नेता गैरे

देश बेच्ने विद्यमान सत्ताका दलाल नाईकेहरुलाई समाप्त पारि देशैबाट नै लेखेट्नु पर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता मुक्ति गैरेले बताउनु भएको छ ।,राष्ट्र माथि गिद्धे नजर लगाउने विदेशी शाषकहरु विरुद्ध सैन्य तालिम गरि लडाइँ लड्नु पर्ने युवा नेता गैरेले बताउनुभएको हाे । अाज अाफ्नाे सामाजिक संजाल फेसबुकमा धारणा राख्दै यस्तो बताउनुभएको हाे उहाँले नेपाल अब प्रत्यक्ष त्रिपक्षीय युद्ध राजनीतिक सत्ताको लडाइँमा पर्याे ! चिन,भारत र अमेरिकी भु-राजनीतिक लडाइँले गर्दा अब नेपाली स्वाधीन राज्यसत्ता समाप्त भएको छ ताकि सत्तामा तिनै विदेशीहरुको स्वार्थ सिद्ध गर्न वर्तमान नेपाली सत्तामा सहभागी जुनसुकै दलको नेतृत्व भए पनि तल्लीन भएको जिकिर गर्नु भयो । उहाँले राख्नु भएको धारणा जस्ताको त्यस्तै :
“नेपाल अब प्रत्यक्ष त्रिपक्षीय युद्ध राजनीतिक सत्ताको लडाइँमा पर्याे ! चिन,भारत र अमेरिकी भु राजनीतिक लडाइँले गर्दा अब नेपाली स्वाधीन राज्यसत्ता समाप्त भएको छ ताकि सत्तामा तिनै विदेशीहरुको स्वार्थ सिद्ध गर्न वर्तमान नेपाली सत्तामा सहभागी जुनसुकै दलको नेतृत्व भए पनि तल्लीन छन् । अब यस्तो अवस्थामा नेपाली जनता अाफ्नाे स्वाधीन सत्ता फिर्ता लिन राष्ट्रिय मुक्ति अान्दोलन उठाउन जरुरी छ ।,अान्दोलनमा अब अाम रुपमा नेपाली जनताले अाँफै सैन्य तालिम र हतियारकाे निर्माण गरि हाम्रो राष्ट्र माथि जुनसुकै गिद्धे नजर लगाउने अत्याचारि शाषकहरु विरुद्ध लडाइँ लडि विजय हासिल गर्नुपर्छ यसका पहिलो कुरा वर्तमान सत्ता मार्फत देश बेच्ने विद्यमान सत्ता र दलालहरुका नाईकेहरुलाई समाप्त पारि देशबाट नै लेखेट्नु पर्छ ।”

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस