धादिङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) धादिङको जिल्ला एकता,भेला प्रशिक्षण एवम् बैठक जिल्ला सदरमुकाम धादिङ बेसिमा सम्पन्न भएको छ । भेलाले १७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ । भेलाले जिल्ला सम्मेलन आयोजक समितिको संयोजकमा अशोक आचार्य र सह-संयोजकमा जोन तामाङलाई चयन गरेको छ । एकता भेलाको प्रमुख अतिथ्यता संगठनका केन्द्रीय सह-संयोजक एवम् बाग्मति प्रदश इन्चार्ज समेत रहेकि शिलु न्यौपानेले गरेकी थिईन भने क्रान्तिकारी कम्युनिस्ट पार्टी धादिङका संयोजक बद्री अधिकारी अथितिका रूपमा रहेका थिए ।
संगठनकि केन्द्रीय सह-संयोजक एवम् कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी शिलु न्यौपानेले विद्यार्थी आन्दोलन अब गतिका अगाडी बढेर शिक्षा क्षेत्र दलालहरुलाई बढारेर फाल्ने उद्घोष गरिन् । उनले हुने खाने र हुँदा खानेहरूका लागि फरक -फरक शिक्षाको अन्त्यका लागि आफुहरू बलिदान समेत गर्न पछि नपर्ने बताईन । प्रमुख अतिथि न्यौपानेले धादिङ जिल्ला पार्टी र समग्र जिल्लामा निर्वाचित विद्यार्थी नेताहरूल्लाई बधाई समेत ज्ञापन गरिन् । पार्टीको तर्फबाट भेलालाई सम्बोधन गर्दै जिल्ला संयोजक बद्री अधिकारीले गणतन्त्र जनताका लागि नआएको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने बताए । उनले भ्रष्टाचार गर्ने र जनतालाई ठग्नेहरूका अब दिनगन्ति सुरु भएको बताए । उनले धादिङको तिम्लिङ देखि तोप्लाङसम्मका जनतालाई बिद्रोहमा ल्याउन विद्यार्थीहरूले भुमिका खेल्नुपर्ने बताए ।
भेलामा संगठनका बाग्मति प्रदेश संयोजक उषाकिरण आजाद,संगठनका सचिवालय सदस्य एवम् उपत्यका पश्चिम कमाण्डर विकल्प खत्री र पार्टी निलकण्ठ नगर प्रमुख समेत रहेका शक्तिमान अतिथिका रूपमा रहेका थिए । दुई पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) एकता भएपछि जनवर्गिय संगठनमा पनि एकता भेला र वैठक चलिरहेका छन् । एकतालाई आधारभूत तहमा पुर्याउने अभियानमा सो पार्टी र जनवर्गीय संगठनहरू अहिले जिल्ला र प्रदेशमा खटीई रहेका छन् ।