पाल्पा : क्रान्तिकारी कम्युनिष्ट पार्टी,पाल्पा तानसेन नगर संगठन समितिले १६ बुँदे ज्ञापनपत्र नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई बुझाएको छ । नगर संयाेजक कमरेड क्षितिजकाे नेतृत्वमा गएको एकटाेलिले नगर प्रमुख श्रेष्ठलाई विभिन्न स्थानीय एवम् राष्ट्रिय समस्याहरु उजागर गर्दै प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली मार्फत उक्त ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा हाम्रो आधारभूत राजनीतिक मान्यता हो व्यक्ति होईन व्यवस्था बदलौं भन्दै माग पुरा गर्न समेत चेतावनी दिएको छ माग पुरा नगरे संघर्ष गर्ने समेत उक्त मागपत्रमा उल्लेख गरेको छ उक्त पार्टीले नगर प्रमुख श्रेष्ठलाई बुझाएको मागपत्र जस्ताको त्यस्तै :
“नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच एकता भएर गत वैशाख १८ गते कान्तिकारी कम्युनिष्ट पार्टी नेपालको घोषणा भएको छ । उक्त एकता प्रक्रियालाई पार्टीका तल्ला निकायहरुसम्म पुरा गर्न सञ्चालित देशव्यापि कार्यक्रम अन्तर्गत पाल्पा जिल्ला संगठन समितिको एकता अधिवेशन तथा बैठक अषाढ २८ गते तानसेनमा सम्पन्न भएको छ र तासेन नगरपालिको अधिवेशन गत अषाढ १५ गते सम्पन्न भएको छ । यस सन्दर्भमा तानसेन नगरपालिकामा रहेका समस्याहरुको समाधान गर्न यो ज्ञापन पत्रमार्फत माग गर्दछौं ।
पछिल्लो समयमा चरम रुपले बढिरहेको राजनीतिक अस्थिरता र आर्थिक परनिर्भरताले नेपाली जनताको दैनिक जिवन निकै कष्टकर बन्दै गईरहेको छ । घुस, भ्रष्टाचार, कमिसनले सम्पूर्ण क्षेत्र आक्रान्त छ । राज्यसत्ता नै घुसखोर, भ्रष्ट र कमिसनखोरहरुको सत्ता बनेको स्पष्ट नै छ । यो संकट आधारभूतरूपले राजनीतिको संकट हो । राज्य प्रणाली र आर्थिक प्रणालीको संकट हो । यी संकटबाट देश र जनतालाई मुक्त गर्न वर्तमान दलाल पूँजीबादी संसदिय प्रणालीको अन्त्य गरेर श्रमजिवि जनताको वास्तविक व्यवस्था जनवाद तथा वैज्ञानिक समाजवादको स्थापना अबको अनिवार्य तथा एक वाध्यात्मक विकल्प बनिसकेको छ । अतः हाम्रो आधारभूत राजनीतिक मान्यता हो व्यक्ति होईन व्यवस्था बदलौ ।
१) शिक्षा र स्वास्थ्य : क) शिक्षा र स्वास्थ्यमा निजिकरण मुक्त नगरपालिका २०८३ भित्र घोषणा गरीयोस, त्यस अन्तर्गत रहेर २०६० साल भित्रै राज्यद्वारा जेष्ठ नागरीकहरुको सम्पूर्ण उपचार निःशुल्क घोषणा गर्न तथा मुटु रोग, मृगौला र क्यान्सर पिडितहरुको निःशुल्क उपचार गर्ने व्यवस्था गरियोस् ।
ख. सरकारी कर्मचारी, जनप्रतिनिधि र राजनीतिकर्मिहरुको लगानि भएका निजि विद्यालयहरु बन्द गरियोस् ।
२) कृषि : क) कृषि उत्पादनमा आत्मनिर्भर हुन प्रत्येक वडाहरुमा कम्तिमा ५ देखि सात ओटा उत्पादन पकेट क्षेत्रहरु व्यवस्थित ढंगले निर्माण गरियोस ।
ख) कृषिजन्य उत्पादनको राज्यद्वारा खरिद गर्ने नीति लागु गरियोस् ।
(ग) प्रत्येक वडामा एउटा कृषि उपज संकलन तथा विक्रि केन्द्र स्थापना गरियोस् ।
घ) कृषिजन्य उत्पादनको आयातमा रोक लगाइयोस् ।
ङ) भन्सारमा कृषिजन्य वस्तुको क्वारेन्टाइन गरी मिलोमतोमा अखाद्य वस्तु ल्याई जनताको स्वास्थ्यमा खेलवाड गर्ने कार्य तत्काल बन्द गरियोस् ।
च) राष्ट्रिय रुपमा तरकारी पकेट क्षेत्र मदनपोखरा स्थापित भएको हुँदा उक्त क्षेत्रमा अहिले कृषी उत्पादन कार्यहरु धरासायि भएको हुँदा उत्पादन पकेट क्षेत्र घोषणा गरी विशेष व्यवस्था निर्माण गरी उत्पादन कार्य अगाडी बढाइयोस ।
छ) प्रभासमा रहेको निर्माणाधीन सित भण्डार चरम लाप्रवाही गरी समयमा हस्तान्तर नभएको हुँदा चरम लाप्रवाही गर्न संलग्न हुने सबैलाई कार्वाही गरी यथासिघ्र निर्माण गरी संचालन गरीयोस ।
३) उद्योग का “सबै श्रमिक मालिक को नीति अन्तर्गत राष्ट्रि उद्योग निर्माण गर्ने निति अवलम्बन गर्दै २०८३ साल भित्र कम्तिमा ३ वटा पूर्ण सरकारी र एउटा ४९ प्रतिशत जनताको स्वामित्व भएको उद्योग स्थापना गरियोस् ।
४) भूमिहिन परिवारहरु बारे : क) विभिन्न कारणले घरवास बिहिन भएर कष्टकर जिवन भोगिरहेका जनतालाई प्रति परिवार एक तले तीन कोठे एउटा घर र प्रति व्यक्ति पाँच कट्ठा जमिनको व्यवस्था गरियोस् ।
ख) तानसेन नगरपालिकाका जोताहाहरुलाई विसौं वर्षदेखि जोतभोग गरिएको जमिन सम्बन्धित जोताहा किसानलाई विना शर्त उपलब्ध गराइयोस् ।
५) अर्थ तथा बैंक वित्तिय शोषण : क) जनतालाई घरबास विहिन बनाई शोषण गर्ने लघुवित्ति संस्थाहरु बन्द गरियोस् ।
ख) मिटरव्याजहरुलाई कारबाही गरियोस् ।
ग) सहकारीहरुको अनुगमन गर्ने र भ्रष्ट सञ्चालकहरुलाई जनकार्बाही गरि बैंकको ज्यादति बन्द गरियोस् ।
घ) जनताले भारतबाट श्रम गरी राष्ट्र बैंकले बन्द नगरेका भारतीय नोट नेपालमा चलन चल्तीमा रहेका हाल बिचौलिया तथा माफियाहरुले भ्रम सिर्जना गरी जनतालाई १०० रुपैयाको भारतीय नोट नेपाली १५० मा साट्ने गरिएको प्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । यसले साना व्यवसायी र मजदुर किसानहरुमा प्रत्यक्ष असर पर्न गई नेपाली पैसाको समेत अपचलन भएको देखिन्छ । यस सन्दर्भमा सबैभन्दा बढी क्यासिनो व्यवसायीहरुले अपचलन र २ नम्बरी गरी रहेको प्रति व्यवसायी र जनगुनासो आएकाले यस्तो धन्दा गर्ने कालो बजारी तस्करी गर्नेहरुप्रति तत्काल कारबाही गरियोस् । यदि भारतीय नोट निरुत्साहित गर्ने नीति सरकारले लिएको भए तत्काल सूचना जारी गरी जनतालाई सचेत गर्न पहल गरियोस् ।
ङ) नगरपालिकामा हुने चोरी निकासी तथा तस्करीलाई रोकथाम गरियोस् ।
६) भ्रष्टाचार : क) गणतन्त्र स्थापना पश्चात्को प्रथम स्थानिय निर्वाचन २०७४ यताका सम्पूर्ण वडा अध्यक्ष देखि नगर प्रमुख सम्मको तिन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गरियोस् ।
ख) विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरु सम्पन्न गर्न तत्काल पहल गरियोस ।
८) लागु औषध ओसार पसार तथा गैरकानुनी कार्यलाई तत्काल नियन्त्रण गरि कारवाही गरियोस् ।
९) देह व्यापार गर्ने होटल व्यवसायी र देहव्यापारलाई बढावा दिने दलालहरुलाई तत्काल कारबाही गरियोस् ।
१०) पाल्पा जिल्ला अस्पतालमा सम्पूर्ण सेवाहरुको व्यवस्था गरी आम नागरीकहरुलाई स्वास्थ्य सेवा र औषधी सेवा पूर्णरुपले निशुल्क गरीयोस ।
११) तत्कालिन पश्चिम नेपालको शैक्षिक धरोहर त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा अध्यापनका सम्पूर्ण व्यवस्थाहरु निमार्ण गरी सैक्षिक पलायनलाई तुरुन्त रोकियोस, जिर्ण अवस्थामा रहेका पुरातात्तीक शैक्षिक संरचनाहरु पाल्पा दरवार निर्माण भएजस्तै गरी पुनरनिमार्ण गरीयोस ।
१२) लुम्बिनी मेडिकल कलेजमा भएको स्वास्थ र मेडिकल शिक्षा व्यापारलाई तुरुन्त बन्द गरी हटाइयोस, त्यसबाट प्रभावित स्थानिय र अन्य नागरीकहरुलाई राहतको व्यवस्था गरीयोस ।
१३) विदेशी सम्बन्धन लिएर संचालनमा रहेका शैक्षिक एवं स्वास्थ्य व्यापारीहरुलाई कार्बाही गरी तुरुन्तै हटाइयोस, स्वदेशी सरकारी आत्मनिर्भरलाई प्राथमिकता दिइयोस् ।
१४) सांस्कृतिक प्रर्यटन व्यापारलाई व्यवस्थित गर्न नगरपालिका भित्रका पुरातात्वीक संरचनाहरुको पुनरनिर्माण गरीयोस, श्रीनगर, टुडिखेल लगाएतका क्षेत्रहरुमा प्रयटकीय प्रबंधन गर्न संरक्षण र निर्माण कार्यलाई यथासिघ्र सम्पन्न गरीयोस् ।
१५) श्रीनगरमा निर्माण भएको साँकृतिक वाटिकालाई यथासिघ्र नगरपालिकाले व्यवस्थीत संचालन तुरुन्त गरोस ।
१६) लुम्बिनी मेडीकल कलेजको फोहोर मैला र मेडीकल रसायीन प्रभास तालमा जथाभावी फालिएको हुँदा पोखरीमा रहेका कमल फूल लगायतका प्रयावरणीय बोट विरुवाहरु विनास भएको छ उक्त कलेजको डल निकास पुर्व देखि पश्चिम सम्म निर्माण गरी फोहोर मैला र मेडिकल रसायन ढलमार्फत फालियोस ।
१७) मानिसका लागि प्राकृतिक सम्पदा एक अर्काका परिपुरक हुन त्यस मध्य अझै पानी र बोट विरुवा प्रथम हुन। प्रभास ताललाई मास्ने उद्देश्यबाट मेडिकल माफिया र जग्गा दलाल हरुको मिलेमतोमा पुर्व पट्टीको ताल पुरी जग्गा व्यापारमा परिणत गरीएको छ । उक्त कार्य गर्ने दुवैलाई कार्बाही गरी पुरीएको ताल अर्थात पोखरी पुनरनिर्माण गरीयोस ।
निश्चितै रुपमा यतिबेला देशको समग्र अवस्था संकटपूर्ण ढंगबाट गुजिरहेको छ । वर्तमान राज्यव्यवस्था, सत्ता सञ्चालक राजनीतिक पार्टीहरुप्रति जनताको ठूलो अविश्वास सडकमा प्रकट भईरहेको छ । यो एक असाधारण स्थिति हो । यस्तै यस्तै बेला मुलुकहरुमा फासिवाद, प्रतिगमन या क्रान्तिका परिवेशहरु तयार हुने गर्दछन् । यो संकटलाई एउटा नयाँ र अग्रगमनकारी व्यवस्थामा बदल्नु हरेक सचेत नेपाली नागरिकको अहम् कर्तव्य हो । यो ज्ञापन पत्रमा राखिएका तमाम सागगहरु यथाशीघ्र कार्यान्वयन गरियोस् । यसलाई वेवास्ता गरिएमा हामी अर्को चरणको कार्यक्रममा जान बाध्य हुनेछौं । हाम्रो पार्टी सम्बन्धित सबैमा निराशा होईन अग्रगामि विकल्पको खोजि गर्न अनुरोध गर्दछौं । इतिहासका निर्माता श्रमजिवि जनता र केवल श्रमजिवि जनता मात्रै हुन् । यो सच्चाईलाई आत्मसात गरौं ।”
Post Views: 633
प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार