क्रान्तिकारी कम्युनिस्ट पार्टी,माथागढी गाँपाको एकता अधिबेशन सम्पन्न

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल माथागढी गाउँ संगठन समितिको एकता अधिबेशन,प्रशिक्षण तथा बैठक माथागढीमा बिहीबार सम्पन्न भएको छ । अधिबेशनले क. रजनि संयोजक र क. सन्तोष सहसंयोजक रहेको १३ सदस्यीय माथागढी गाउँ संगठन समिति निर्वाचित गरेको हो ।

कार्यक्रममा पार्टी महाधिवेशन आयोजक समिति सदस्य एवं पाल्पा जिल्ला इन्चार्ज क. ज्वाला , जिल्ला संयोजक क. दिग्दर्शनले प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो । भने कार्यक्रममा ५ नम्बर प्रदेश संगठन समितिका सदस्य श्रीचन्द्रकाे उपस्थिति रहेको थियो । अधिबेशनले क. रजनि,सहसंयाेजक सन्तोषकाे नेतृत्वमा १३ सदस्यीय संगठन समिति निर्वाचित गरेको छ । कार्यक्रमकाे अध्यक्षता क. रजनि,संचालन क. सन्तोष,स्वागत मन्तव्य क. रासिकाले राख्नु भएको थियो ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस