क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुस्ता गाउँ संगठन समितिको एकता अधिबेशन

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ संगठन समितिको ऐतिहासिक एकता, अधिबेशन प्रशिक्षण तथा बैठक सुस्ता–१ फेचुवास्थित छघरिया बस्तीमा सोमबार सानदार रुपले सम्पन्न भएको छ । अधिबेशनले क. वसन्त संयोजक र क. प्रकाश सहसंयोजक रहेको १३ सदस्यीय सुस्ता गाउँ संगठन समिति निर्वाचित गरेको हो ।

कार्यक्रममा पार्टी महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला इन्चार्ज क. सङ्कल्प , महाधिबेशन आयोजक समिती सदस्य तथा जिल्ला संयोजक क. समर , सहसंयोजक क.श्रमिक, प्रदेश सदस्यहरु क.सरोज , क.क्रान्ति र प्रदेश सल्लाहकार क. अनिलले बिचार राख्नु भएको थियो । कार्यक्रममा सहिद परिवारबाट क. सीताको आतिथ्यता थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासी पश्चिममा आधारभुत वर्गमा विस्तार हुदै गएको छ । सुस्ता गाउँपालिकाको सुस्ता भारतीय विस्तारवादी अतिक्रमणको क्षेत्र हो । पालिकाभित्रका पाँचै वटामा पार्टी संगठन विस्तार गर्ने ध्येयका साथ अधिबेशन सम्पन्न गरिएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस