क्रान्तिकारी कम्युनिस्ट पार्टीको मण्डन देउपुर नगरपालिकाको एकता अधिवेशन सम्पन्न

काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मण्डन देउपुर नगरपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएकाे छ । आइतबार सम्पन्न भएकाे एकता अधिवेशनले लेखराज अधिकारीको संयोजकत्वमा २३ सदस्यीय गठन गरेकाे छ ।

पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला संयोजक माधव गौतम (आकाश) को प्रमुख अथित्य, केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला सह-संयोजक ढोग प्रसाद अधिकारीको र प्रदेश सदस्य तथा महाभारत गा.पा इन्चार्ज असल मोक्तान, मण्डन देउपुर नगरपालिका इन्चार्ज मणिराम नेपालको आतिथ्यमा एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएकाे हाे ।

एकता अधिवेशन तथा आतिथ्य कार्यक्रम प्रमुख अतिथि माधव गौतम (आकाशले ) दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए । रोशनको सभाध्यक्ष, असल मोक्तानले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए भने प्रमुख अतिथि लगायतले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

कार्यक्रमको अन्त्यमा ‘माक्र्सवाद ,लेनिनवाद ,माओवाद जिन्दावाद !!’, ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिन्दावाद !’ ‘ सबै खाले संशोधन वाद मुर्दावाद!!’, ‘जुझारु अर्थवाद मुर्दावाद!!’, ‘दलाल संसदीय व्यवस्था मुर्दावाद!!’, ‘महान सर्वहारा क्रान्ति जिन्दावाद !!’, ‘वीर शहीदहरु लालसलाम!!’, ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिन्दावाद !!’ नारा घन्काई कार्यक्रम समापन गरेको बताइएकाे छ।

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस