अराजकतावादिहरुकाे दुस्प्रचारलाई ध्वस्त पार्दै पाल्पामा नगर र गाँपा अधिबेशनहरु शुरु

पार्टी एकता विरोधी हर्कत गर्ने अराजकतावादिहरुकाे दुस्प्रचारलाई ध्वस्त पार्दै पाल्पामा नगर र गाँपा अधिबेशनहरु शुरु भएको छ । अाज क्रान्तिकारी कम्युनिस्ट पार्टी तानसेन नगरको एकता अधिबेशन,प्रशिक्षण तथा बैठक सोमवार तानसेनमा सम्पन्न भएको छ । एकता अधिबेशनले क्षितिज संयोजक र युद्ध सहसंयोजक रहेको १५ सदस्सीय नगर संगठन समिति निर्वाचित गरेको छ ।

कार्यक्रममा पार्टी केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज ज्वालाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि ज्वाला,जिल्ला संयोजक दिग्दर्शनले प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो, कार्यक्रम संगठन प्रस्ताव प्रदेश समिति सदस्य तथा जिल्ला कार्यालय सचिव हेमन्तले गर्नु भएको थियो,प्रदेश सदस्य प्रवेशले बधाई मन्तव्य राख्नु भएको थियो भने संचालन बम र स्वागत मन्तव्य युद्धले राख्नु भएको थियो ।

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस