
साउन १५, रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकारी) रुपन्देहीले बुटवल उपमहानगरपालिकामा पाँच बुदें ज्ञापनपत्र बुझाएको छ ।
अखिल (क्रान्तिकारी ) रुपन्देहीले नगर प्रमुख खेलराज पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । सरकारी तथा संस्थागत शैक्षिक संस्थाले नियम विपरीत विद्यार्थी अभिभावकको ढाड सेक्ने गरि चर्को शुल्क असुल गरेकोलगायत माग राख्दै ज्ञापनपत्र बुझाएको जिल्ला संयोजक मनोज थापाले जानकारी दिनुभयो । बिज्ञप्तिमा भनिएको छ – ‘यदि स्थानीय सरकार बाला निकाय गम्भीर नभए कडा संघर्ष गरिने छ । संघर्ष बाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारवाला निकाय हुने छन् ।’
प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार