
साउन १३, नवलपरासी : क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल नवलपरासी (बसुप) जिल्ला संगठन समिति अन्तरगत पालिकास्तरका एकता अधिबेशन तीब्र भएका छन् । जिल्लाको बर्दघाट र सुनवल नगरको एकता अधिबेशन सम्पन्न भएको छ भने सुस्ता र प्रतापपुर गाउँ संगठन समितिको एकता अधिबेशनको तयारी अन्तिम चरण पुगेको छ । सरावल, पाल्हीनन्दन र रामग्राममा भेटघाट तीब्र भएको जिल्ला ईन्चार्ज संकल्पले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार