अखिल(क्रान्तिकारी) द्धारा सार्वजनिक रुपमै माफि माग्न आग्रह

श्रावण १३, कोहलपुर : कोहलपुरको त्रिभुवन नमुना माध्यामिक विद्यालयका व्यवस्थापन समिती अध्यक्ष रतन बहादुर बुढालाई अखिल (क्रान्तिकारी) ले सार्वजनिक रुपमा माफी माग्न आग्रह गरेको छ ।

संगठनका बाँके जिल्ला संयोजक तपेन्द्र न्यौपानेले शुक्रबार एक वक्तव्य जारी गर्दै सङ्गठनलाई ‘जंगली’ इङ्गित गर्दै आपत्तिजनक भाषामा दिएको अभिव्यक्ति प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

आफ्नो तथा बिधालय प्रशासन भित्रका थुप्रै कमजोरी लुकाउन हाम्रो सङ्गठनलाई ‘जंगली’ इङ्गित गर्दै आपत्तिजनक अभिव्यक्ती दिएको संयोजक न्यौपानेद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

संगठनले अध्यक्ष बुढालाई उक्त अभिव्यक्ति फिर्ता लिई सार्वजनिक रुपमा माफि माग्न चेतावनी समेत दिएको छ ।

केही दिन पहिले बाँकेको कोहलपुर नगरपालिकामा अवस्थित श्री त्रिभुवन माध्यमिक बिद्यालयमा बर्षौ देखि विद्यार्थीहरुले भोग्नु परेको शौचालय समस्याको समाधान, शुद्ध खानेपानीको व्यवस्था, गर्मीको समयमामा फ्यान (पङ्खा) लगाएत विद्यार्थीहरुको लागी अत्यावश्यक कुराहरु उपलब्ध गराउनको निमित्त हाम्रो सङ्गठनद्धारा विद्यार्थीको समस्या र आवश्यकतालाई मध्यनजर गरी प्रशासन र व्यवस्थापन समिती समक्ष बारम्बारको लिखित तथा मौखिक सुझाव पश्चात् पनि अटेरी गरेपछि विद्यालय प्रशानसनलाई चेतावनी स्वरुप विद्यालयको प्रशासनिक शौचालयमा तालाबन्दी गरिएको र उक्त तालाबन्दी पश्चात विद्यालय व्यवस्थापन समिती र बिधालय प्रशासन संग केही निश्चित महिना भित्र शौचालय, खानेपानी लगायतका तमाम समस्याहरुको समाधान गर्ने र विद्यार्थीहरुको लागि अत्यावस्यक सामानहरुको ब्यबस्थापन गर्ने भनि लिखित सहमती समेत भएको संगठनले जनाएको छ ।

उक्त सहमती भएको ठिक एक दिन पनि नबित्दै एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रतन बहादुर बुढाले आफ्नो तथा बिधालय प्रशासन भित्रका थुप्रै कमजोरी लुकाउन हाम्रो सङ्गठनलाई ‘जंगली’ इङ्गित गर्दै आपत्तिजनक भाषामा दिएको अभिव्यक्ति प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको संगठनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस