
होर्डिङ बोर्ड र यातायातका टिकट काउन्टर हटाएर कानुनको पालना गर्न भन्दै माइकिङ गर्दै हिँडेको काठमाडौं महानगरपालिकाको प्रहरी कोटेश्वरमा आफैँ भने ट्राफिक नियम मिचेर ‘रिङरोड’ काट्दै । मोबाइलमा गफिँदै उनीहरूले बिन्दास पाराले अकासे पुलको छेवैबाट सडक पार गरे ।
त्यहाँबाट करिब दुई सय मिटर उत्तरतिर कोटेश्वरचोकमा जेब्राक्रस पनि छ । तर, महानगरका प्रहरीले बाटो काट्न न अकासे पुल चढे, न जेब्राक्रस रोजे । महानगरवासीलाई नियम पालना गराउन हिँडेका उनीहरूको ‘मनमौजी’ शैली अकासे पुल हुँदै बाटो काटिरहेका बटुवाले पनि पुलमै रोकिएर हेरे । नयाँ पत्रिका
प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार