क्रान्तिकारी कम्युनिस्ट पार्टी पोखरा महानगरपालिका वडा नं. १९ को एकता अधिबेशन सम्पन्न

साउन १०, कास्की : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्की पोखरा महानगरपालिका वडा न.१९ को एकता अधिबेशन,प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिबेशनले सुरजको नेतृत्वमा १५ सदस्य वडा संगठन समिति गठन गरेको छ । अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कास्की जिल्ला ईन्चार्ज किशोर र अतिथि कास्की जिल्ला संयाेजक सुजन अायाम लगायतका अतिथिहरुकाे सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस