
काभ्रे : काभ्रेकाे महाभारत गाउँपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक मंगलबार सम्पन्न भएकाे छ ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सदस्य तथा काभ्रे जिल्लाको संयोजक माधव गौतमको प्रमुख अथिति, पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला पार्टी सह संयोजक ढोग प्रसाद अधिकारी, जिल्ला समिति सदस्य कान्छमान थिङ, प्रदेश सदस्य क.प्रदिप अस्तानी, प्रदेश सदस्य तथा महाभारत गाउँपालिकाका इन्चार्ज असल मोक्तानकाे आथित्यमा महाभारत गाउँपालिकाको मान बा. योञ्जनकाे संयोजकत्वमा २५ सदस्यीय चयन भएकाे छ ।
प्रमुख अथिति समेत रहेका माधव गाैतमले भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही व्यवस्थामा गम्भीर विचलनमा परिरहेकाे बेला नेत्रविक्रम चन्द ‘विप्लव’ पनि यही व्यवस्थामै महाविचलन आएको दाबी गरे।
दलाल पुँजीवादी संसदीय व्यवस्थाले कहिल्यै जनताकाे हितमा काम नगर्ने भएकाेले यसकाे विकल्पमा नयाँ जनवादी क्रान्तिकाे खुटकिलाे पार गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने धारणा उनले राखेका थिए ।
गाउँपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठकमा जाने बेलामा बाटो पहिरोले क्षतिग्रस्त बनाएकाेलाई पहिरो पन्छाउदै गएकाे पनि बताइएकाे छ ।