काठमाडौं : लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ । बुधबार आन्दोलनकै क्रममा नयाँबानेश्वरस्थित संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । साे क्रममा प्रहरीले १७ जना प्रदर्शनकारीहरुलाई पक्राउ गरिएकाे छ । निषेधित क्षेत्र ताेड्न खाेजेपछि उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै गएको पीडितको र्यालीलाई नयाँबानेवश्रको निषेधित क्षेत्रमा पुगेपछि प्रहरीले रोकेको थियो । नयाँबानेश्वर स्थित एभरेष्ट होटलअगाडि पुगेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो ।
पीडितहरूले सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौ केन्द्रित आन्दोलन जारी राखेका छन् ।
प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार