
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) को त्रिचन्द्र क्याम्पस इकाई अध्यक्षमा स्मृति कार्कीलाई चयन गरिएको छ । बुधबार सम्पन्न संगठनको १० औं इकाई सम्मेलनले कार्कीलाई अध्यक्षमा चयन गरिएको हो । सम्मेलनबाट कार्कीको नेतृत्वमा ५१ सदस्यीय इकाई समिती निर्वाचित गरिएको छ ।
जसको उपाध्यक्षमा जयराम तिमिल्सैना र वचन शाह, सचिवमा दिपेन्द्र ऐडी, सह-सचिव सन्तोष रोकाया, भाग्य मण्डल र कोषाध्यक्ष क. एन्जिला श्रेष्ठ लगायत ५१ सदस्यीय क्याम्पस इकाई समिती चयन गरिएको छ ।
संगठन संयोजक बिरेन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न सम्मेलनको प्रमुख अतिथि संगठनका केन्द्रिय कार्यालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय समिती इन्चार्ज नवराज भट्ट, बिशेष अतिथि संगठनका फ्याक्सन इन्चार्ज हरिकृष्ण गजुरेल, त्यस्तै अतिथिहरुमा संगठनका केन्द्रिय सह-संयोजक शिलु न्यौपाने, सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय समितीका संयोजक गोबिन्द बिष्ट, ३ नम्बर प्रदेश संयोजक उषाकिरण आजाद, केन्द्रीय सचिवालय सदस्य तथा कार्यालय सचीव डिबी शाही, सचिवालय सदस्य लक्ष्मी शाह, त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस संयोजक राजन साउद लगायतका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।