काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले बिरोध प्रदर्शन गरेका छ । प्रश्नपत्र निर्माणंको क्रममा त्रिभुवन बिस्वबिध्यालयले गम्भिर लापरबाही गरेको भन्दै सङ्गठनले परीक्षा नियन्त्रण कार्यालय बल्खुमा गएर मंगलबार बिरोध प्रदर्शन गरेको हो ।
विश्वविद्यालयले सोमबार सन्चालित स्नातक तह तेस्रो बर्षको टुरिजम डेप्लपमेन्ट परीक्षामा भारतको दिल्ली विश्वविद्यालयको ईतिहास बिषयको प्रश्नपत्र हुबहु राखेर बिध्यार्थिहरुलाइ परीक्षा दिन लगाएको बिरोधमा गम्भीर संगठनको त्रिभुवन विश्वविद्यालय समितीले पनिकाको गेटमा विश्वविद्यालयका उपकुलपती लगायतका पदाधिकारी, परिक्षा नियन्त्रक र भ्रस्ट त्रिवि प्रशासन बिरुद्ध नाराजुलुस सहित प्रदर्शन गरेको हो ।
कार्यक्रममा संगठनका केन्द्रीय कार्यालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय समिती इन्चार्ज नवराज भट्टले सम्बोध्न गर्दै समय समयमा बिध्यार्थीको भविश्य बर्वाद बनाउने त्रिवि पदाधिकारी, परीक्षा नियन्त्रक लगायत राजनितिक दलको झोला बोकेर बिस्वबिध्यालय छिरेका असक्षम प्रशासकहरुले तत्काल राजिनामा दिन माग गरे ।
उक्त बिरोध प्रदर्शन कार्यक्रमलाई संम्बोधन गर्दै संगठनका केन्द्रीय सचिवालय सदस्य तथा त्रिबि क्याम्पस विशेष समिती संयोजक गोबिन्द बिष्टले नेपालको शैक्षिक क्षेत्रको नेतृत्वदायी निकायले दिल्लि बिस्वबिध्यालयको भारतिय इतिहास बिषयको प्रश्नपत्र हुबहु फोटोकपी गरेर स्वाभिमानी नेपाली जनतालाई लज्जित बनाएको र अन्तरास्टिय जगतमा शिर झुकाएको बताए । त्रिविले नेपालका ९० लाख युवा बिध्यार्थीहरुलाई निराश बनाउने गरी भारतिय एजेन्टको रुपमा काम गरेको आरोप लगाउदै सङठनले त्रिवी धराशायी बनाउने असक्षम प्रशासन बिरुद्द सङठनले निर्णायक सङ्घर्ष गर्ने बताए ।
विश्वविद्यालयको प्रश्नपत्रमा टुर्टि भेटिएको १ घण्टा पछी अर्को प्रश्नपत्र निर्माण गरेर विश्वविद्यालयले विद्यार्थीहरुलाई परीक्षा दिन लगाएको थियो ।
यसअघी पनि स्नातकोत्तर तह मानविकि सङ्काय प्रथम र तेस्रो सेमेस्टरमा तथा बिबिए छैटौं सेमेस्टरमा प्रश्न पत्र बारम्बार दोहोरिएको भेटिएको थियो । उक्त बिरोध कार्यक्रमको सन्चालन त्रिवि केन्द्रीय क्याम्पस संयाेजक राजन साउदले गरेका थिए |