वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्छौं

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल रुपन्देहीले वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्ने बताएको छ । अाज मालपोत कार्यलय वुटवलले मिति २०७९/१२/१० गते राष्ट्रिय भुमिसुधार अायाेग,रुपन्देहीलाई पठाएको जानकारी पत्रमा तिलाेत्तमा नगरपालिका वडा नम्बर ३ र ४ (अानन्दवन-३) मा रहेको १७,८७ देखि क्रमश १३५ सम्म,१२४२,२,१७,१३१ लगायतका कित्ता नम्बरहरु श्रेस्ता उतार मागिएकोमा नापी कार्यलयकाे प्लट रजिस्टारमा नदेखिएको र उक्त जग्गाहरु सरकारि खाेलामा देखिएकाे जानकारी हुँदाहुँदै पनि केही अमुक भुमाफियाहरुले चलखेल गरि १०७ र १०३ लगायतका कित्ता नम्बरहरु पास गरिएको सप्रमाण भेटिन अाएकाे छ बताएको छ ।

उक्त पार्टीले सुकुम्बासी भुमिहिनहरुकाे पक्षमा लडिरहेको सन्दर्भमा माथि उल्लेखित कित्ताहरु मध्येको झण्डै २० विगाहामा २०५९ सालदेखि ३५३ घरधुरी विशुद्ध सुकुम्बासीहरु बसि राष्ट्रिय भुमिसुधार अायाेगकाे सुचना अनुसार सुकुम्बासी समस्या समाधानका लागि फारम भरिरहेका छन् । जग्गा जसले भाेगचलन गरिरहेका छन् तिनै वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम गरि वितरण गर्न अाग्रह समेत गरेको छ । उक्त जग्गा भाेगचलन गरिरहेका वास्तविक सुकुम्बासीहरुलाई विस्थापित गर्ने उदेश्यले केही अमुक भुमाफियाहरुलाई मात्रै जग्गा कित्ता काट गरिएको घटनाले हाम्रो पार्टीलाई अाश्चर्य चकित बनाए समेत बताएको छ ।

उक्त पार्टीले वास्तविक सुकुम्बासीहरुलाई सम्बाेधन गरि उक्त जग्गा जसले भाेगचलन गरिरहेका छन् तिनै वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम गरि वितरण गर्न अपिल गरेकाे छ अन्यथा कार्यवन्यन नगरे सप्रमाण रजिस्टारमा नभएको तर केही व्यक्तिहरुलाई कित्ता काँट गरि दिएको बिषयलाई लिएर गरिएको जालसाजीका बिषयमा जस्तोसुकै संघर्ष गर्न बाध्य हुने समेत बताएको छ ।

उक्त पार्टीले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै

“हाम्रो महान तथा गाैरवशालि पार्टी सर्वहारा,श्रमिक,मजदुर,किसान,सुकुम्बासी,उत्पिडित,दलित वर्गको मुक्तिका खातिर निरन्तर लड्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल भएको सबैमा सर्वविदितै छ । साथै राष्ट्रियता,जनतन्त्र र जनजिविकाका सवालमा समेत कठाेर बलिदानि पुर्ण संघर्ष गर्दै जनताको पक्षमा निर्भीकता साथ उभिएको छ ।

यसै शिलशिलामा मालपोत कार्यलय वुटवलले मिति २०७९/१२/१० गते राष्ट्रिय भुमिसुधार अायाेग,रुपन्देहीलाई पठाएको जानकारी पत्रमा तिलाेत्तमा नगरपालिका वडा नम्बर ३ र ४ (अानन्दवन-३) मा रहेको १७,८७ देखि क्रमश १३५ सम्म,१२४२,२,१७,१३१ लगायतका कित्ता नम्बरहरु श्रेस्ता उतार मागिएकोमा नापी कार्यलयकाे प्लट रजिस्टारमा नदेखिएको र उक्त जग्गाहरु सरकारि खाेलामा देखिएकाे जानकारी हुँदाहुँदै पनि केही अमुक भुमाफियाहरुले चलखेल गरि १०७ र १०३ लगायतका कित्ता नम्बरहरु पास गरिएको सप्रमाण भेटिन अाएकाे छ ।

हाम्रो पार्टी सुकुम्बासी भुमिहिनहरुकाे पक्षमा लडिरहेको सन्दर्भमा माथि उल्लेखित कित्ताहरु मध्येको झण्डै २० विगाहामा २०५९ सालदेखि ३५३ घरधुरी विशुद्ध सुकुम्बासीहरु बसि राष्ट्रिय भुमिसुधार अायाेगकाे सुचना अनुसार सुकुम्बासी समस्या समाधानका लागि फारम भरिरहेका छन् । जग्गा जसले भाेगचलन गरिरहेका छन् तिनै वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम गरि वितरण गर्न अाग्रह गर्दछौं । याे जग्गा भाेगचलन गरिरहेका वास्तविक सुकुम्बासीहरुलाई विस्थापित गर्ने उदेश्यले केही अमुक भुमाफियाहरुलाई मात्रै जग्गा कित्ता काट गरिएको घटनाले हाम्रो पार्टीलाई अाश्चर्य चकित बनाएको छ ।

तसर्थ यस्तो अवस्थामा वास्तविक सुकुम्बासीहरुलाई सम्बाेधन गरि उक्त जग्गा जसले भाेगचलन गरिरहेका छन् तिनै वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम गरि वितरण गर्न अपिल गर्दछौं । अन्यथा हाम्रो पार्टी संग अाएकाे सप्रमाण रजिस्टारमा नभएको तर केही व्यक्तिहरुलाई कित्ता काँट गरि दिएको बिषयलाई लिएर गरिएको जालसाजीका बिषयमा जस्तोसुकै संघर्ष गर्न बाध्य हुनेछौं ।” तस्बिर फाईल

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस