
नवलपरासी : जनताका मुद्धामा प्रतिबद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी बसुपले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी ओम प्रकाश अर्याल संग भेटघाट तथा छलफल गरेको छ । पार्टीका प्रदेश सदस्य जयफुल्लाह हसनलाई अभद्र ब्यवहारको मुद्धा दायर गरेको प्रति पार्टीले चाँसो ब्यक्त गर्दै पार्टीले प्रजिअ र बरिष्ठ प्रहरी उपरिक्षक काजी कुमार आचार्यलाई भेटघाट गरी मुद्धाको अवस्था बारे आइतवार जानकारी लिएको हो । उक्त अवसरमा प्रजिअ अर्यालले कुनै पनि नागरिक अन्यायमा पर्न नहुनेमा आफू सचेत रहेको भन्दै बिषय प्रति तदारुककता देखाउनुभएको थियो ।
पार्टीका केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले प्रजिअ अर्याल संग समसामायिक बिषयमा समेत छलफल गरेको हो । प्रतिनिधिमण्डलले जिल्ला प्रहरी कार्यालय नवलपरासीका बरिष्ठ प्रहरी उपरिक्षक (एसपी) काजी कुमार आचार्यसंग समेत भेटघाट गरेको थियो । सो अवसरमा पार्टीका प्रदेश सदस्य चुडामणी भण्डारी,सुर्य प्रसाद सापकोटा र जयफुल्लाह समेत हुनुहुन्थ्यो ।