हेटौंडा : क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपालको हेटौंडाउपमहानगरको एकता अधिवेशन, बैठक तथा प्रशिक्षण भव्य रुपमा सम्पन्न भएको छ।एकता अधिवेशनले ५५ सदसीय हेटौंडा उपमहानगर संगठन समिति निर्माण गरेको छ ।
क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रिय सचिवालय सदस्य तथा मकवानपु् जिल्ला इन्चार्ज गगनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रिय सल्लाहाकार माधवलाल श्रेष्ठ, पेन्सन लामा, प्रदेस सदस्यहरु शक्ति, जितु, चिन बहादुर, गीता र जिल्ला सदस्यहरु मनि बहादुर, अजय, आभास लगायत नेताहरुको उपस्थिति रहेको थियो । धावा लामाको अध्यक्षतामा सम्पन्न भएको एकता अधिवेशनको संचालन सद्दामले गर्नु भएको थियो ।
प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार