
नेपालगञ्ज : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बाँके जिल्लाले प्रमुख जिल्ला अधिकारी लगायत सबै नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले शिक्षा र स्वास्थ्यलाई २०८३ सालभित्र निजीकरणमुक्त बनाउन माग गरेको छ । ज्ञापन पत्रमा उल्लेख दुई बुँदे मागमा भनिएको छ, “१– आउदो ८३ साल भित्र कर्णाली प्रदेशलाई शिक्षा र स्वस्थ्यमा निजिकरण मुक्त प्रदेश घोषणा गर्नेगरी २०८० साल भित्र सरकारी कर्मचारी, जनप्रतिनिधि र रजनीतिकर्मीहरुको लगानि भएका नीजि विधालय र अस्पतालहरु बन्द गर्ने गरि चरणवद्ध कार्यक्रमहरु घोषणा गरियास । २०८१ सालवाट शुरु हुने गरि जेष्ठ नागरकिको सम्पूर्ण उपचार राज्यद्वारा निःशुल्क घोषणा गरियोस । यसका साथै मुटु रोग,मृगौला र क्यानसर पिडितहरुको उपचार राज्यद्वारा पूर्ण निःशुल्क प्रदान गरियोस ।
२– सम्पूर्ण कृषिजन्य उत्पादन राज्यद्वारा खरिद गर्ने नीति लागु गरियोस । त्यसका लागि प्रत्येक वडामा एउटा कृषि उपज संकलन तथा विक्रि केन्द्र स्थापना गरियोस । कृषिजन्य उत्पादन (विशेषतः खाद्यान्न र तरकारी)को आयातमा रोक लगाईयोस् ।”
प्राप्त जानकारी अनुसार बाँके जिल्लामा प्रमुख जिल्ला अधिकारी लगायत कोहलपुर नपा, खजुरा गापा, नेपालगन्ज उपमहानगरपालिका, र जानकि गापालाई ज्ञापनपत्र तथा माग पत्र बुझाउने कार्य सम्पन्न गरिएको छ भने अब केही दिनपछि बाँकी गापामा पनि बुझाउने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जनाएको छ ।