अखिल क्रान्तिकारी र वैज्ञानिक बिद्यार्थी समाजवादी संगठन बिच पुनर्मिलन

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी र बैज्ञानिक समाजवादी पार्टी नेपाल निकट बिद्यार्थी संगठन वैज्ञानिक बिद्यार्थी समाजवादी संगठन बिच पुनर्मिलन कार्यक्रम सम्पन्न भयकाे छ । साेमबार काठमाडौंकाे बागबजार स्थित अनेरास्ववियु क्रान्तिकारीकाे केन्द्रीय कार्यलयमा एक कार्यक्रम बिच दुई संगठनकाे पुनर्मिलन भएकाे हाे ।

कार्यक्रममा बिश्वभक्त दुलाल आहुतिले नेतृत्व गरेकाे बैज्ञानिक समाजवादी पार्टीका बिद्यार्थी नेता बिकाश रसायलिलाईलाई माेहन वैद्य किरणले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारीका फ्र्याक्सन ईन्चार्ज हरिकृष्ण गजुरेलकाे प्रमुख आतिथ्यतामा संगठन कि केन्द्रीय सह-संयोजक तथा ३ न.प्रदेश ईन्चार्ज शिलु न्याैपाने र ६ न. प्रदेश ईन्चार्ज गाेबिन्द बिष्टकोकाे उपस्थितिमा रसायलिलाई दाेसल्लाद्वारा स्वागत गरिएकाे थियाे र कार्यक्रमकाे संचालन ३ प्रदेश संयोजक उषाकिरण “आजाद”ले गरेका थिए ।

केही दिन अगाडि क्रान्तिकारी (माओवादी) पार्टी र नेकपा (बहुमत) पार्टी बिच एकता भए पछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेकाे छ र एकता पछि बिद्यार्थी संगठनकाे पनि एकताकाे भेला भई हाल देशै भरि संगठन निर्माण र भेला प्रशिक्षण कार्यक्रमहरु संचालन भईरहेका छन र अन्य विभिन्न संगठनहरु बाट ध्रुवीकरण हुने क्रम जारि रहेकाे र “अब कागजि बाघ हाेईन वास्तविक बाघ भएर गर्जिने संगठनका रुपमा स्थापित हुने अनेरास्ववियु क्रान्तिकारी संगठन हाे” संगठनकि सह-संयोजक शिलु न्याैपानेले बताईन ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस