क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवन माडी नगरकाे एकता अधिवेशन सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको माडी नगर इलाका संगठन समितिको एकता अधिवेशन प्रशिक्षण तथा बैठक भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा सञ्चालन पुराना कम्युनिष्ट नेता माडी नगरपालिका संयोजक एवम् वाग्मती प्रदेश सदस्य सि. पी. (चन्द्र प्रसाद) सुवेदीले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य चितवन जिल्ला इन्चार्ज भिम बहादुर खड्का (कमरेड ध्रुव) र विशेष अतिथि केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक घननाथ सापकोटा कमरेड विकासको समुपस्थितिमा कमरेड सि पी सुवेदीको संयोजकत्वमा ४१ सदस्यीय नगर समिति गठन गरिएको थियो।

अधिवेशनमा प्रमुख अतिथि चितवन जिल्ला ईन्चार्ज कमरेड ध्रुवले पार्टी केन्द्रको एकताको भाव एवम् चितवन जिल्ला पार्टीको आगामी कार्य योजनाको प्रशिक्षणमूलक मन्तव्य राखेका थिए। विशेष अतिथि जिल्ला पार्टी संयोजक कमरेड विकासले पार्टी एकताको संदेश तथा केही नामधारी कम्युनिष्टहरू संसदीय दलदलमा फस्दै नेपाली जनतालाई भ्रमित पार्दै कम्युनिष्ट आन्दोलनलाई बदनाम गरेको साथै जनयुद्धका प्रस्तावनामा धोका दिएको बताए। कार्यक्रममा बोल्दै उनले नेपाली जनताको मुक्तिको लागि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने प्रतिबद्धतासहित अघि बढ्न सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर संघर्षको आँधिबेहरी सिर्जना गर्न उपस्थित जनसमुदायमा अपिल समेत गरेका थिए। अधिवेशनले कमरेड ज्वाला संयोजक र कमरेड सपना सह- संयोजक रहेको ४१ सदस्यीय माडी नगर इलाका संगठन समिति गठन गरेको छ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस