क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं महानगरको एकता अधिवेशन सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं महानगर संगठन समितिले एकता अधिवेशन तथा बैठक सम्पन्न गरेको छ ।तत्कालीन नेकपा (बहुमत ) र क्रान्तिकारी माअाेवादी काे पार्टी एकता पछि काठमाडौं महानगर काे याे पहिलो भेला हाे।क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य तथा ३ नम्बर प्रदेश ईन्चार्ज हेमन्त प्रकाश वलि (सुदर्शन) काे प्रमुख अातिथ्यतामा सम्पन्न भेलामा प्रदेश संयाेजक चन्द्रहरि सुवेदी (अटल) काे विशेष रहेकाे थियो ।

यसैगरी अतिथि हरु जिल्ला संयाेजक प्रकाश ,सह संयाेजक रण बहादुर वि क (युगान्त) केन्द्रीय सदस्यहरु अर्जुन रावत, बन्दुदेव पाण्डे ,शुरेस तामाङ लगाएत अन्य प्रदेश सदस्य हरु रहेकाछन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नम्बर प्रदेश कार्यालय ललितपुर कुपोन्डोलकाे सभाहलमा अायाेजित भेलाकाे अध्यक्षता महानगर संयाेजक सुवास अधिकारीले गर्नुभएको थियो भने सह संयाेजक बाेजराज श्रेष्ठले कार्यक्रमकाे संचालन गर्नुभएको हाे।

भेलालाई सम्वाेधन गर्दै प्रमुख अतिथि वलिले अाफ्नाे पार्टी एकताले विश्वका कम्युनिस्टहरू खुशीरहेको बताउनु भएको छ।चिन रसिया, टर्की र ईटली लगाएतका देशहरूले शुभकामना समेत दिएको बताउदै नेपालमा क्रान्तिकारी शक्ति काेहि छ भने निर्विकल्प क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहेको बताउनु भयाे।यसै गरि विशेष अतिथि अटलले देशै भरि एकलाख सेल तयार गर्न निर्देशन गर्दै प्रशिक्षण गर्नु भएको हाे।भेलाबाट ८१ जनाको महानगर संगठन समिति निर्माण गरेको काठमाडौं जिल्ला पार्टी कार्यालय सचिव कमला चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस