हामीले एक निस्ठावान,कर्मठ सदस्य एवं कुशल अविभावक गुमाउन पुगेका छाैं

कपिलवस्तु : अाज क्रान्तिकारी कम्युनिस्ट पार्टी ५ नं. संगठन समितिका संयाेजक अटलद्धारा दिवंगत हुनु भएका महान एवं अमर शहिद गोविन्द विक (कमरेड सुजन) पिता पार्टी सदस्य कमरेड भिमराज सुनारको दुखद् निधन प्रति शाेक वक्तव्य जारी गर्दै अाँफुहरुले एक निस्ठावान,कर्मठ सदस्य एवं कुशल अविभावक गुमाउन पुगेकाे बताउनु भएकाे छ । उक्त वक्तव्यमा यस दुखद् घडीमा दिवंगत हुनु भएका कमरेड भीमराज सुनार प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शाेकमा पर्नु भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल ५ नं. संगठन समितिका सदस्य तथा कपिलवस्तु जिल्ला संगठन समितिका सह-संयोजक विर बहादुर वि.क. (कमरेड संघर्ष) लगायत समस्थ परिवार जनप्रति गहिरो समवेदना जाहेर गरेकाे छ । कमरेड भिमराज सुनार २००६/२/१३ गते जन्मि ७४ बर्षकाे उमेरमा २०८०/०४/४ गते दिवंगत हुनु भएको थियो । दिवंगत कमरेड भिमराज सुनार नेपाली क्रान्तिकारी कम्युनिस्ट अान्दोलनकाे महान बुबाको रुपमा महान सहिद गाेविन्द्र विक(कमरेड सुजन) र अथक क्रान्तिकारी याेद्धा कमरेड संघर्ष लगायतको जन्म दिनु भएको छ । उहाँहरुकाे सबै सपरिवार महान सर्वहारा वर्गको मुक्ति अान्दोलनमा बलिदान,त्याग र समर्पण गर्नु भएका महान परिवार समेत हुनुहुन्छ । उहाँ प्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी ५ नं. नम्बर प्रदेश समितिले निकालेको विज्ञप्ति जस्ताको त्यस्तै :

“हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल ५ नं. संगठन समितिका सदस्य तथा कपिलवस्तु जिल्ला संगठन समितिका सह-संयोजक विर बहादुर वि.क.(संघर्ष) का पूज्य पिता एवं हाम्रो पार्टीका कर्मठ पार्टी सदस्य भीम राज सुनारको हिजाे २०८० साउन ४ गतेका दिन दुखद् निधन हुन गएकाले हाम्रो पार्टीका प्रदेश संगठन समितिका सदस्य एवं कपिलवस्तु जिल्ला संगठन समितिका सहसंयाेजक र वहाँकाे परिवारजनमा गहिरो शाेक पर्न गएको छ । र हामीले एक निस्ठावान,कर्मठ सदस्य एवं कुशल अविभावक गुमाउन पुगेका छाैं । वहाँ महान एवं अमर शहिद गोविन्द विक (कमरेड सुजन) परम पिता पनि हुनु हुन्थ्यो । हाम्रो पार्टी दिवंगत हुनु भएका भीमराज सुनार प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । शाेकमा पर्नु भएका क संघर्ष लगायत समस्थ परिवार जनप्रति गहिरो समवेदना जाहेर गर्दछ ।”

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस