अर्थवादी,अराजकतावादी र एकता विरोधीहरुलाई समाप्त पार्दै रुपन्देहीमा नगर/गाँपा अधिबेशन शुरु

रुपन्देही : अर्थवादी,अराजकतावादी र एकता विरोधीहरुलाई समाप्त पार्दै रुपन्देहीमा नगर/गाँपा अधिबेशन शुरु भएको छ । क्रान्तिकारी कम्युनिस्ट एकता विरोधी हर्कतमा उत्रिएका केही अर्थवादी,अराजकतावादी,फुटवादी,गुटवादीहरुलाई गत महिनाको ३१ गते क्रान्तिकारी एकता अधिबेशनबाट ध्वस्त र समाप्त पार्दै अगाडि बढेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही यतिबेला गाउँपालिका र नगर अधिबेशन शुरु गरेको छ । यसै शिलशिलामा रुपन्देहीको देवदहमा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको देबदह नगर कमिटीको एकता अधिबेसन तथा बैठक सम्पन्न गरेको छ । एकता अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज तिलक पुन,विशेष अतिथि केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयाेजक रमेश,अतिथिहरु केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सहसंयाेजक मणि,केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सहसंयाेजक रेखा,केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज ज्वाला,केन्द्रीय सल्लाहकार सदस्य संन्जिव कुमार लगायतको उपस्थिति थियोे भने संचालन उदय,अध्यक्षता अर्पणले गर्नु भएको थियो भने अधिबेशन १३ सदस्यीय नगर कमिटी र ५ सदस्यीय नगर सचिवालय कमिटी निर्माण गरेको छ ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस