काभ्रेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको नगर/गाँपा अधिबेशनहरु शानदार पुर्वक अगाडि बढ्दै

काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाँचखाल नगर एकता अधिवेशन तथा बैठक सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओबादी) र नेकपा (बहुमत) बिच एकता भएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएको हो ।

अधिवेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सद्स्य तथा काभ्रे जिल्ला संयोजक माधब गौतमले दलाल संसदिय व्यवस्थाको अन्त्य गर्दै नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवाद स्थापनाको लागि लागि पार्टी एकता भएको बताए । उनले क्रान्तिमा सुरुमा प्रचण्डले गद्दार गरेको र विप्लपले पनि त्यही बाटो समयकोले विद्राेह गर्नु परेको बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य कृष्ण सेवाले उत्पीडिनमा परेको जनता न उठे सम्म क्रान्ति सप्पन्न नहुने त्यसैले उत्पीडिनमा परेको जनता पहिला उठ्नु पर्ने बताए । कार्यक्रममा जिल्ला सहसंयोजक ढोक प्र. अधिकारी प्रदेश सदस्यहरु जित ब. लामा, प्रदिप अस्तानी, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य सुजिता लगायतको नेताहरुले विभिन्न विषयमा प्रशिक्षण मन्तव्य दिएका थिए । अधिवेशनले श्याम बहादुर बिकको संयोजकमा ३१ सदस्यीय पाँचखाल नगरकमिटी गठन भएको छ ।

जस्मा सदस्यहरु नानी माया बिक,रमेश बिक,बुद्ध ब बिक,फुलमाया तामाङ ,बुद्धि बिक,प्रकाश मिजार,भक्त ब मिजार,अस्मिता थामी,मैयाँ परिवार,शम्भु बिक,हरिमाया तामाङ ,केदार घतानी,गणेश दहाल,सुर्य लक्ष्मी श्रेष्ठ ,मैना बिक, यम ब बिक,श्याम सुनुवार,नारायणी बिक,धन ब भुजेल ,कविता तामाङ,सुमन बिक ,उजुरमान तामाङ,धन जित तामाङ,बिक्रम तामाङ ,लक्ष्मी बिक,बिनोद मिजार रहेका छन् । बाँकी ३ जना पछि थप गरिने छ। श्याम बिकको सभापतिमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालान नगर इन्चार्ज लाल बहादुर बिकले गरेका थिए।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस