एकता बिराेधि अज्ञात समुहले झुक्याए,म यसको खण्डन गर्दै एकताको पक्षमा उभिन्छु

कपिलवस्तु : कपिलवस्तु जिल्लाका रामशरण काेरिले एक विज्ञप्ति जारी गर्दै भनेका छन् : एकता बिराेधि अज्ञात समुहले मलाई झुक्याए,म यसको खण्डन गर्दै एकताको पक्षमा उभिन्छु,मलाई झुक्याईयाे अब देखि म क्रान्तिकारी कम्युनिस्ट पार्टीमा अाबद्ध भई काम गर्नेछु । उनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी एकता बिराेधि अज्ञात समुहले झुक्याएर २०८० असार २९ गते जर्वजस्ति विज्ञप्ति जारी गर्न लगाएको भिडियो,विज्ञप्ति र उनको फाेटाे सार्वजनिक गरिएको थियोे । उनलेे उक्त कुरालाई खण्डन गरेका छन् ।

उनलेे जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै :

“आज मिति २०८०।४/५ गतेका दिन म रामशरण कोरी ने.क.पा.(बहुमत) पार्टीमा सक्रिय भई काम गरेको र हाल हाम्रो पार्टी ने.क.पा.(बहुमत) र ने.क.पा.(क्रान्तिकारी माओवारी) बीचको एकता प्रक्रियामा रहदा रहदै केही असन्तुष्ट पक्षका क.अज्ञातको नेतृत्वमा आई मलाई झुक्काई २०८०/०३/२९ गते ने.क.पा.(बहुमत) मा रहेको रहेको फोटो खिची दस्खत गराई प्रचार गरेको कुराको खण्डन गर्दै म एकता पक्ष-धर भई हाल क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा आबद्ध भई काम गर्ने जानकारी गराउछु ।”

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस