
नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमत बिच गत बैशाख १८ मा पार्टी एकता सम्पन्न भई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बनेपछि अहिले देशैभर सो पार्टीका प्रदेश, जिल्ला हुँदै स्थानीय तहहरूमा एकता भेला, बैठक तथा प्रशिक्षणहरू सम्पन्न भइरहेका छन् ।
यसैक्रममा दाङका दसवटा स्थानीय तहहरू मध्य हिजो ४ गते तुलसीपुर उपमहानगर तथा आज घोराही उपमहानगरपालिका अन्तरगतका पार्टी कमिटीहरूका नगर स्तरीय सङ्गठनहरूका एकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका हुन् ।
कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य समेत रहेका जिल्ला इञ्चार्ज समीर केसी तथा जिल्ला संयोजक बीरेन्द्रले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए । भेलाले तुलसीपुर नगर कमिटी पाहाडको संयोजकत्वमा ४१ सदस्य रहेको नगर कमिटिी निर्माण गरेको छ जसमा १३ जना सचिवालय र ५ जना कार्यालय रहने गरि कार्यसमिति सर्बसम्मत द्वारा निर्बाचित गरेको छ । त्यसैगरी अमरको नेतृत्वमा ४१ सदस्य रहेको घोराही नगर कमिटी निर्वाचित गरेको छ । जसमा १३ जनाको सचिवालय र ४ जना कार्यालय रहेको कमिटी गठन गरेको छ ।