कैलालीमा चुन्याे प्रकाश रावललाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले जिल्ला संयोजक

धनगढी : नेकपा (बहुमत) र नेकपा(क्रान्तिकारी माओवादी) बीच पार्टी एकता अधिबेशन प्रशिक्षण तथा बैठक सम्पन्न गरी बैठकले प्रकाश रावल (अनमोल) को संयोजकत्वमा ८३ सदस्यीय जिल्ला संगठन समिति निर्वाचित गरेको छ । समितिको सहसंयोजकमा विन्तीराम चौधरी रहनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईञ्चार्ज प्रविर ले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अबको विकल्पमा नयाँ जनवादी बैज्ञानिक समाजवादी ब्यवस्था आवश्यक रहेको बताए ।पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक महानले पार्टी एकताका कामहरु सम्पन्न गरेर पार्टीले वर्गसंघर्ष गर्ने तयारी गरेको बताउनु भयो । त्यस्तै अर्का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक डाईमन्डले सम्पूर्ण उत्पीडित तथा श्रमजीविहरु लाई दृढताका साथ क्रान्तिकारी कित्तामा उभिन आव्हान गर्नु भयो । कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य संघर्ष र सिखरले बोल्नु भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य रुद्र, टंक, देवीराम लगायतको उपस्थिति रहेको थियो । तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतालाई जिल्ला स्तरमा एकता अधिवशेन मार्फत पूर्णता दिइएको हो ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस