क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुकुमक‍ो एकता अधिबेशन सम्पन्न,संयोजकमा मन्जीत

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति रुकुमक‍ो एकता अधिबेशन , प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । सदरमुकाम खलंगामा भएको एकता अधिबेशनबाट रुकुम जिल्ला पार्टी इन्चार्ज गतिको प्रस्तावमा मन्जीतको संयोजकत्वमा ३१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी तथा ५ नं प्रदेश पार्टी इन्चार्ज प्रमोद ले प्रतिक्रियावादीहरुका गलत नितिका कारण देशको अर्थतन्त्र असफल तिर गई रहेको बताए । अहिले देशमा घटिरहेका विभिन्न काण्डहरुले असफल संसदिय व्यवस्था झनै नाङ्गिदै गईरहेको छ । सिहंदरवारमा हुने गरेका भष्टाचार गाउँ गाउँमा पुगेको छ । महंगी, कालोबजारी वढ्दो छ , देशमा दलाल ,माफिया, तस्करहरुक‍ो रजगज छ, वेरोजगारी वढ्दै छ , युवापुस्ताहरुले देशमा सपना देख्न छाडेर खाडी मुलुक लगाए युरोप अमेरीका तिर सपना देख्न थालेका छन् । य‍ो अबस्थामा कस्ले पुर्यायो ? उनले भने । यसमा असफल भैसकेको दलाल संसदीय व्यवस्था भित्र चलिरहेको राज्यसत्ता जिम्मेवार छ । यस्ता समस्याहरुका सामाधान गर्न आमजनसमुदायहरुले क्रान्तिको आन्दोलनमा ऐक्यबद्धता जनाउन जरुरी भएको बताए ।

कार्यक्रमका विशेष अतिथी तथा ५ नं प्रदेश पार्टी संयोजक अटलले लैंगिक, जातिय, वर्गीय मुक्तिका लागि आन्दोलनमा सबै श्रमिक जनताहरु जोडिन आबश्यक रहेको बताए । केही आफुलाई कम्युनिस्ट पार्टी भन्नेहरुले जनयुद्धमा शाहादत प्राप्त गरेका शहिदको सपना माथि सत्ताको मोलमोलाइ गरि खाने भाँडो बनाएका छन् । पहिले निकै क्रान्तिकारी देखिने पार्टीका नेताहरु कहिन कतै अनियमितता र कुनै न कुनै काण्डमा जोडिए कै छन् कस्ता क्रान्तिकारी भए ? उनले भने । त्यति सजिलै कम्युनिस्ट पार्टी बन्दैन क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्न त सहि बिचार, योजना , कार्यक्रम हुनु पर्यो सोही अनुसार कार्यन्वयन लैजानु पर्यो अनि कम्युनिस्ट पार्टीे बन्छ । नाम मात्रको कम्युनिस्ट पार्टीले बर्ग मुक्ति आन्दोलनको नेतृत्व गर्नै नसक्ने र बर्ग दुस्मुनहरुलाई प्रास्त गरेर श्रमजीवी जनताहरुको बिजय गराउन नसक्ने उनको भनाई थियो ।

कार्यक्रममा रुकुम पार्टी इन्चार्ज गति , रोल्पा जिल्ला पार्टी इन्चार्ज नवीन, सल्यान जिल्ला इन्चार्ज रिस्क , सल्यान जिल्ला पार्टी संयोजक सजक अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश इन्चार्ज दिपक बिष्ट (बादल) लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता मन्जीत रहेको थियो भने सहजिकरण सोम्पाल ले गरेकम थिए भने स्वागत दिर्घले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस