क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दघाट नगर समितिको एकता अधिबेशन,प्रशिक्षण तथा बैठक सम्पन्न

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट नगर संगठन समितिको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक बुधवार बर्दघाटमा सम्पन्न भएको छ । अधिबेशनले प्रशान्तको संयोजकत्व २५ सदस्सीय बर्दघाट नगर संगठन समिति गठन गरेको छ । साथै, नगर संगठन समितिको ८ सदस्सीय सचिवालय गठन गरिएको छ । कार्यक्रममा पार्टीका महाधिबेशन आयोजक समिति सदस्य संकल्पले गाउँ गाउँ भएका भष्ट्रचार कमिशनखोर तथा सुदखोरहरुका नामावली संकलन गरेर पार्टीमा रिर्पाेट केन्द्रित गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले क्रान्तिकारीहरुबीचको एकताले जनतमा नयाँ आशा पैदा भएको उल्लेख गर्दै उत्साहपुर्बक काममा लाग्न निर्देशन गर्नुभयो ।

कार्यक्रममा पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक समरले पार्टीलाई केन्द्रीकृत र एकताबद्ध बनाउने अभियान संचालन भएकाले संर्घषका खाका लिएर जनतामा जान नेता कार्यकर्तालाई आब्हान गर्नुभयो । कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा जिल्ला सहसंयोजक श्रमिकले क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच प्रदेश र जिल्लामा एकता सम्पन्न भईसकेको सन्र्दभमा जिल्लामा एकता बारे भम्र पैदा गर्न खोजिएको चर्चा गर्नुभयो । कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा नगर ईन्चार्ज विबेकले प्यानल प्रस्ताव तथा कार्ययोजना र कार्यक्रममा स्वागत ओमप्रकाशले गर्नुभएको थियो ।कार्ययोजना अनुसार साउन महिनाभित्र वडा कमिटीहरुको एकता अधिबेशन गर्ने उक्त पार्टीले जनाएको छ । कार्यक्रममा प्रदेश सदस्य सरोज, क्रान्ति जिल्ला सल्लाहकार मुसाफिरलगायतको आतिथ्यता थियो ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस