
क्रान्तिकारी कम्युनिस्ट पार्टी,कंचनपुर दाेधारा चाँदनि नगरपालिकाले स्वास्थ्य र शिक्षामा भईरहेको व्यापारिकरण बन्द गर्न अाग्रह गर्दै नगर सरकारलाई ज्ञापनपत्र बुझाएकाे छ । साथै लघुवित्तीय संस्था र मिटर व्याजिहरुलाई खारेजकाे माग गर्दै दाेधारा चाँदनी नगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएकाे छ । बुधबार पार्टिका दाेधारा चाँदनी नगर ईन्चार्ज दिपेन्द्र ऐरी र संयाेजक बिरेन्द्र नाथ सहितकाे टाेलिले नगर प्रमुख किशाेर कुमार लिम्बुलाई ज्ञापनपत्र बुझाएका छन । शिक्षा र स्वास्थ्य जस्ता महत्वपुर्ण कुरामा राज्यको नीति भए पनि कार्यान्वयनमा सरकार अन्धो भई मौन छ, लघुवित्तीय संस्था र मिटर व्याजिहरुलाई पुर्णरुपमा खारेज गर्न राज्यले सकेको छैन। तसर्थ यो संकटको अवस्थामा नगर सरकार समक्ष हाम्रो पार्टी श्रमजीवी जनताहरुको प्रतिनिधित्व गर्दै नगर सरकार संग तपशिल बजोजिमका मागहरु तत्काल पुरा गर्न जोडदार माग गर्दछौं बिज्ञप्तिमा भनिएकाे छ । विज्ञप्ति जस्ताको त्यस्तै :
“हाम्रो महान तथा गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल स्थापना काल देखी नै नेपाली समाजमा हुने हरेक समाजिक विकृति विसंगतिका विरुद निरन्तर संघर्षरत रहेको कुरा सर्वविदितै छ। जनताहरु राज्यहरु प्रति नै आशावादी हुन्छन। विडम्बना हाम्रो देशको बर्तमान दलाल पुजिवादी संसदीय राज्यसत्ता देश र जनताहरु प्रति दिनप्रतिदिन गैरजिम्मेवारका बन्दै गएका कारण आज हरेक परिवारको एक सदस्य विदेशीन बाध्य पार्ने दलाल पुँजिवादी संसदीय व्यवस्थाको वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न हरेक नेपाली जनता दिनप्रतिदिन संघर्षको मैदानमा होमिदैछन। शिक्षा र स्वास्थ्य जस्ता महत्वपुर्ण कुरामा राज्यको नीति भए पनि कार्यान्वयनमा सरकार अन्धो भए मौन छ, लघुवित्तीय संस्था र मिटर व्याजिहरुलाई पुर्णरुपमा खारेज गर्न राज्यले सकेको छैन। तसर्थ यो संकटको अवस्थामा नगर सरकार समक्ष हाम्रो पार्टी श्रमजीवी जनताहरुको प्रतिनिधित्व गर्दै नगर सरकार संग तपशिल बजोजिमका मागहरु तत्काल पुरा गर्न जोडदार माग गर्दछौं । मागहरु –
१. भारतीय नाकाबाट आयात तरकारी फलफुल बन्द गरी देशभित्र रहेका किसानहरुले उत्पादन गरेका तरकारी फलफुलको उचित मुल्य सहित बजार व्यवस्थापन गरियोस् ।
२. सम्पूर्ण नागरिकको स्वास्थ्य विमा निःशुल्क गराईयोस् ।
३. स्वास्थ्य एव शिक्षामा भईरहेको व्यापारिकरण बन्द गर्न नगर सरकारले पहलकदमी चालोस् ।
४. जनप्रतिनिधिहरुले संस्थागत विधालयमा लगानि नगर्न पाउने र लगानी लगाएको पाईएमा तत्काल शिक्षामा व्यापारिकरण गर्नबाट रोक लगाईयोस्।
५. नगर सरकारले आफ्नै लगानीमा सरकारी उद्योग खोल्नुपर्ने ।
६. नगरपालिकाका अधिकांस सिमाहरु भारत संग जोडिएका छन् ती ठाउहरुमा भारतीय पक्षले पटकपटक हस्तक्षेप गर्ने जस्ता गितिविधि तिव्र रहेकाले यो समस्या समाधानका लागि तत्काल पहलकदमि गरोस् ।
७. महान दशबर्षे जनयुद्ध लगायत हरेक राष्ट्र मुक्त आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुको नामबाट सार्वजनिक स्थलमा सहिद ७ प्रतिक्षालय बनाओस् ।
८. नगर भित्र निर्माणधिन अवस्थामा रहेका हरेक योजनाहरु अनुगमन गरी तत्कात मापदण्ड अनुसार काम अगाडि बढाउन निर्देशित गरोस् ।
९. नगरपालिका अन्तर्गत रहेका सशस्त्र प्रहरी र जनताहरु बिच पटकपटक हुने बिवादको वैज्ञानिक कारण पत्ता लगाई उक्त समस्याको समाधानका समस्या समाधान कार्यदल तय गरियोस् ।
१०. लागु औषध नियन्त्रणका लागि नगरपालिकाले जनचेतना मुलक कार्यक्रम तय गरी प्रयोग कर्ता गर्ने र ओसारपसार गर्नेहरुलाई कार्वाहिका लागि पहलकदमी चालोस् ।
११. यस नगरपालिका भित्र रहेका मिटर व्याजीलाई कानुनको कटघेरामा उभ्यानुका साथै लघुवित्तीय संस्था तत्काल खारेज गर्न जाेडदार माग गर्दछौं ।”