रुसि राष्ट्रपति पुटिनद्घारा अन्न निर्यात सम्झौता समाप्त भएको घाेषणा

रुसि राष्ट्रपति पुटिनद्घारा अन्न निर्यात सम्झौता समाप्त भएको घाेषणा गर्नुपर्ने भएको छ । राष्ट्रपति पुटिनले ब्ल्याक सी हुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गर्नु भएको छ । गत सोमबार मध्यरातमा समाप्त हुने सम्झौतालाई उसले त्यसअघि म्याद सकिएको घोषणा गरिएको थियो । हाम्रा सर्तहरू पूरा भएमा मात्र पुनः सम्झौतामा फर्कनसक्ने पनि मस्कोले स्पष्ट पारिएको छ । उक्त घोषणापछि मस्कोले टर्की, युक्रेन र संयुक्त राष्ट्र संघलाई सम्झौताको म्याद विस्तारविरुद्धमा सूचना पठाएको रुसी समाचार माध्यमले जनाएका छन् । संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा भएको उक्त सम्झौता राम्ररी कार्यान्वयन नभएको आरोप लगाउँदै त्यसलाई पालना नगर्ने समेत जानकारी दिईएकाे छ । ‘ब्ल्याक सी सम्झौता समाप्त भएको छ,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नु भएको छ । रूसी पक्षसम्बन्धी सम्झौताका प्रतिबद्धता पूरा हुने बित्तिकै मस्को त्यसमा फर्किने उहाँले स्पष्ट पार्नु भएको छ ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस