
पाेखरा : अाज क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल कास्कीले एक विज्ञप्ति जारी गर्दै पीडित जनताको पक्षमा राज्य मुकदर्शक बनि दलाल, माफीया, भ्रष्टाचारी, तस्करहरूको पक्षपोषण हुने गरी कानुन निमार्ण गर्न कानुन परिमार्जन गर्न तल्लिन देखिन्छ यस्ता खाले अमानविय कार्य तुरुन्तै रोक्न सम्बन्धित निकायलाई आग्रह गर्दै यसका विरुद्धमा कड़ा संघर्ष गर्ने बताएको छ । अाज उक्त पार्टीले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै :
“नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी र नेपाल कम्यूनिष्ट पार्टी (बहुमत का बीच पार्टी एकता गत वैशाख १८ गते काठमाडौमा सम्पन्न भई क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालको घोषण भएको छ । उक्त एकता प्रक्रियालाई पार्टीका तल्ला निकायहरूसम्म पूरा गर्न सञ्चालित देशव्यापी कार्यक्रम अन्तगर्त ४ नं. प्रदेशको असार ६ र ७ गते पोखरामा सम्पन्न भएको थियो । यस लगते कास्की जिल्लाको पनि पार्टी एकता अधिवेशन असार १६ गते सम्पन्न गर्दै क्रान्तिकारी कम्यनिष्ट पार्टी नेपाल कास्की जिल्ला संगठन समितिले यहि २५ गते प्रथम बैठक सम्पन्न गर्दै लिएका सार्वजनिक महत्वका निर्णयहरू आम उत्पीडित जनतामा सुसुचित गर्न यो प्रेस विज्ञप्ति जारी गरीएको छ ।
१. पोखरा महानगरपालिका २१ (साविक निर्मल पोखरी ६) फोक्सिङकोटमा रहेको ९६ रोपनी जग्गा किशानले विकासको आशामा बीन नेपाल कम्पनीलाई दिएका हुदा हालसम्म पनि कम्पनीले तत्कालिन गा.वि.स. र कम्पनी संग भएका सम्झौताका शर्तहरू कार्यन्वयन नगरेको हुदाँ उक्त जमिन कम्पनीले किसानलाई फिर्ता गर्नु पर्ने शर्त विपरित फिर्ता नगरी केही भूमाफियाहरूले उक्त कम्पनी आफ्नो स्वामित्वमा राखि किसानहरूलाई अन्याय गरिएको र किसानहरूले उक्त दलाल कम्पनी र भूमाफियाका विरुद्ध गरेको हरेक संघर्षका कार्यक्रममा पार्टी अग्र मोर्चामा रहेर साथ, सहयोग, समर्थन र संघर्ष गरिने छ ।
२. तत्कालिन पूर्व पक्षका हकदार पिडक खोप्लाई साहु प्रकाश श्रेष्ठ र पिडित कृष्ण थापाको बीचमा विवादित पोखरा महानगरपालिका-८ स्थित ९ रोपनी ३ आना ६ दाम जग्गाको मुद्धामा पिडितको न्यायका लागि निरन्तर संघर्ष गरिने छ ।
३. पोखरा महानगरपालिका-३०, शिशुवामा अजयराज सुमार्गपराजुली को नाममा रहेको कुल २५ रोपनी जग्गा सुमार्गिको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लि ले सोवाचन्द्र सिग्देल, रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा कित्ता नं. २९०६,२९०१० ५६९८५७०० ६ २१६९, ५६०२, ५७१४,५७१६२१६७२१७१ २१७५ २६३५ २८९६ २८९९ जग्गा वडा नं. १२ निवासी बढी प्रसाद आचार्य संगको मिलिमतोमा २०७१ साल असोज २६ गते सिग्देल परिवारलाई नै थाहा नदिई सुमार्गिले आफ्नो नाममा गरेको हुदा पिडितको न्यायका लागि संघर्ष गरिनेछ ।
४. सर्वोच्च अदालतबाट फेवातालको ६० मिटर क्षेत्राधिकार कायम हुने गरी फैसलालाई तत्काल कार्यान्वयन गरियोस् र फेवाताल अतिक्रमण गर्ने जलमाफिया र भूमाफियाहरूको विरुद्ध चरणवद्ध संघर्ष गरिनेछ ।
५. पोखरा महानगरपालिकाले वडा नं. ६ पर्ने पार्कलाई ध्वस्त बनाई सार्वजनिक शौचालयको नाममा सूर्य नेपाल प्रा.लि लाई क्याफे खोल्ने अनुमति दिएको हुदा उक्त कार्यका विरुद्ध कडा संघर्ष गरिनेछ ।
६. पोखरा महानगरपालिकाले विभिन्न प्रलोभनमा परी पोखराका सिमसार क्षेत्र, सार्वजनिक जग्गा र सार्वजनिक स्थानहरूलाई भूमाफिया, जलमाफिया,शैक्षिक माफिया र मेडिकल माफियाहरूको व्यक्तिगत फाइदाका लागि दिने कार्य निन्दनिय छ। यस्ता कार्यहरू तत्काल बन्द गर्न संघर्ष गरिनेछ ।
७. राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थीती सगँ अर्थतन्त्रमा देखापरेको संकट, आर्थिक तरलता संगै बजारमा आर्थिक मन्दिका कारण व्यापार व्यवसाय धरापमा परिरहेको अवस्थामा साना व्यापारीको ढाड सेक्ने गरी राज्यले विचौलिया मार्पत महंगो भाडा कायम हुने गरी सस्तो बजार र हङकङ बजारका व्यावसायीहरूलाई विस्थापित गर्ने प्रपञ्चको विरुद्धमा सघर्ष गरिने छ ।
८. प्रचलित कानुन भन्दा बाहिर रहेर केहि बैंक, वित्तीय संस्था, लघुवित्त र पहुँचवाला व्यक्तिहरूले विपन्न नागरिकहरूलाई ऋण दिएर मिटर व्याज लगाई,झूट्टा तमसुक निमार्ण गरी ऋणिको सम्पत्ति (चल-अचल सम्पती बन्धकीमा राखी घरबारविहीन बनाएको जगजाहेर छ । पीडित जनताको पक्षमा राज्य मुकदर्शक बनि दलाल, माफीया, भ्रष्टाचारी, तस्करहरूको पक्षपोषण हुने गरी कानुन निमार्ण गर्न कानुन परिमार्जन गर्न तल्लिन देखिन्छ यस्ता खाले अमानविय कार्य तुरुन्तै रोक्न सम्बन्धित निकायलाई आग्रह गर्दै यसका विरुद्धमा कड़ा संघर्ष गरीने छ । पोखरा माहानगरले पोखरा माहानगर भित्र रहेको अव्यवस्थित बसोबास र सकुम्बासी बस्तीलाई हटाउने नाममा बैकल्पीक व्यवस्था नहुन्जेलसम्म बस्तीमा लगाई रहेको डोजर आतंक बन्द गरीयोस् ।
वर्तमान समयमा चरम रूपले बढिरहेको राजनीतिक अस्थिरता र आर्थिक परनिर्भरताले नेपाली जनताको दैनिक जीवन निकै कष्टकर बन्दै गइरहेको छ । घुसखोरी, भ्रष्टाचार, कमिसनले सम्पूर्ण क्षेत्र आक्रान्त बनेको छ । राज्यसत्ता नै घुसखोर, भ्रष्टाचार र कमिसनखोरहरूको अखडा बनेको स्पष्ट नै छ । यो खालको जनघात र राष्ट्रघात हुनुको प्रमुख कारण आधारभूत रूपले दलाल पुँजीवादी संसदीय व्यवस्थाको संकट हो। यो संकटबाट देश र जनतालाई मुक्त गर्न वर्तमान दलाल पुँजिवादी संसदिय प्रणालीको अन्त्य गरेर श्रमजीवी जनताको वास्तविक व्यवस्था जनवाद वैज्ञानिक समाजवादको स्थापना अवको अनिवार्य विकल्प बनिरहेको छ। यो महान अभियानमा सहभागी हुन सम्पूर्ण देशभक्त, राष्ट्रवादी र उत्पीडित जनसमुदायलाई आवहन गर्दछौं ।
क्रान्तिकारी अभिवाद सहित !”