क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देहीले मिटरव्याज,सुदखाेर,लघुवित्तहरुका विरुद्ध संघर्ष गर्ने भएको छ । जनताहरुलाई ऋण भिराएर चर्को ब्याज असुली गर्न दाबाब दिने र आत्म हत्या सम्म गर्न बाध्य बनाउदै पिडित जनताहरुको घर उठिबास बनाउने लघुबित्त र मिटरब्यजीहरुलाई जनताहरुले कारबाही जनाएको छ ।
त्यस्तै शिक्षा,स्वास्थ्यलाई नि:शुल्क गर्न दवाव स्वरुप शिक्षा र स्वास्थ्य माथि भएको कथित व्यापार खारेज गर्न संघर्ष गर्ने , भारतीय द्वारा सिमा नाकामा भएको सिमा अतिक्रमण र ज्यादती विरुद्ध संघर्ष गर्ने , भ्रष्टाचार,तस्कर र कमिसन खाेर विरुद्ध कारबाही सहित संघर्ष गरिने अषाढ ३१ गते एकता अधिबेशन गरेका निर्णय सार्वजनिक गर्दै जानकारी दिएको हो ।
पार्टी प्रदेश ईन्चार्ज प्रमाेदकाे प्रमुख अातिथ्यता र प्रदेश संयाेजक कमरेड अटल,सहसंयाेजक समीर, पार्टी जिल्ला ईन्चार्ज तिलक,महाधिवेशन अायाेजक समिति सदस्य तथा परासी जिल्ला पार्टी ईन्चार्ज संकल्प र अायाेजक समिति तथा नवलपरासी जिल्ला पार्टी संयाेजक समर,महाधिवेशन आयाेजक समिति सदस्य तथा पाल्पा जिल्ला पार्टी ईन्चार्ज ज्वाला लगाएतको उपस्थिति रहेको थियो ।
एकता अधिबेशनले अध्यक्षता रमेशकाे रहेको थियो भने संचालन रेखा रहेको थियो। कार्यक्रममा स्वागत मन्तब्य मणिकाे रहेको थियो ।