कोहलपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न  

कोहलपुर / कोहलपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।  कोहलपुर नगरपालिकाको आयोजनामा र कोहलपुर जेसिजको सहजीकरणमा आइतबार एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो  ।

जनताको सवालको जवाफ दिने कार्यक्रम सार्वजनिक सुनुवाइ कार्यक्रममा जवाफदेहिताको तर्फ कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण आचार्य, उपप्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको विषेश उपस्तिथि रहेको थियो ।

सुनुवाइ कार्यक्रममा नगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारीता विषयमा सेवाग्राही समाजसेवी गिता शाहिले ” महिला दिदिबहिनीको लागी उद्यमशील बन्नको लागी सिपमुलुक कार्यक्रम गर्नुपर्ने ? विद्यार्थीहरुको लागी आकाशे पुलको निर्माण कहिले गर्ने ? खेलाडीहरुको लागी थप प्रोत्साहन दिनुपर्ने ? लगाएतको विषयमा प्रश्न व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा शिक्षा स्वास्थ , लागुऔषध दुर्व्यसनी विरुद्ध , विकास निर्माण र रोजगारिको विषयमा जनताले प्रश्न गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख पुर्ण आचार्य , उपप्रमुख संगिता सुवेदी र प्रशासकीय अधिकृत टिकाराम ढकाले जनताले राखेको सवालको जवाफ व्यक्त गरेका थिए ।

सुनवाई कार्यक्रममा १५ वटै वडाका जनप्रतिनिधिहरु , राजनीतिकर्मी, व्यवसायी , पत्रकार बन्धु , विद्यार्थी, समाजसेवी र बुद्दिजिवी लगाएतको उपस्तिथि रहेको थियो।

 

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस