क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ललितपुर जिल्लाकाे एकता अधिबेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीले ललितपुर जिल्लाकाे एकता अधिबेशन सम्पन्न गरेको छ । अाज ललितपुरकाे कुपोन्डोल स्थित पार्टी कार्यलयमा नेकपा(बहुमत) र नेकपा(क्रान्तिकारी माअाेवादी) बिच ललितपुर जिल्ला स्तर सम्म पुगेर एकता अधिबेशन सम्पन्न गरेको छ । एकता अधिबेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,ललितपुरको ५७ सदस्यीय जिल्ला समिति समेत निर्माण गरेको छ । उक्त अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संगठन समितिका ईन्चार्ज सुदर्शन,अतिथिहरु प्रदेश संयाेजक तथा कार्यलय सदस्य अटल,केन्द्रीय सचिवालय सदस्य तथा सहसंयाेजक सार्दुल,काठमाडौं जिल्ला ईन्चार्ज सुरेश लगायतको उपस्थिति थियो भने कार्यक्रमकाे सभापति कगेन्द्र र संचालन दिलले गर्नु भएको थियोे ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस