क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल ७ नम्बर प्रदेश संगठन समितिकाे एकता अधिबेशन सम्पन्न

कैलालीको धनगढीमा दुई दिन सम्म संचालन भएको प्रदेश स्तरीय एकता अधिवेशन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी(बहुमत) र नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माअाेवादी) बिच उक्त एकता अधिबेशन सम्पन्न भएको हाे साथै एकता अधिवेशन,प्रशिक्षण तथा बैठकले केन्द्रीय सचिवालय सदस्य महानको संयोजकत्वमा ९९  सदस्सीय प्रदेश संगठन समिति गठन गरेको केन्द्रीय सदस्य तथा कैलाली संयोजक प्रकाश रावलले जानकारी दिए । उनका अनुसार प्रदेश संगठन समितिको सह-संयोजकमा केन्द्रीय सचिवलाय सदस्यद्वय राम बहादुर केसी(डाइमन्ड) र ईन्चार्ज गुणराज लोहनी रहेका छन् ।

पार्टीको उक्त अधिबेशनले ५ सदस्सीय प्रदेश कार्यालय, केन्द्रीय महाधिबेशन आयोजक समितिका २७ जना सदस्य सम्मिलित प्रदेश सचिवालय समेत गठन गरेको पनि उनले बताए । त्यस्तै प्रदेश अन्तरगतका जिल्लाहरुका ईन्चार्ज, संयोजक र सहसंयोजकहरु,जनवर्गीय संगठन र विभागहरूको बैठक बाट टुंगो लगाइएको क्रान्तिकारी कम्युनिस्ट पार्टी प्रदेश संगठन समितिले जनाएको छ ।

तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतालाई प्रदेश स्तरमा एकता अधिवशेन मार्फत् पूर्णता दिइएको सो पार्टीले जनाएको छ ।कार्यक्रममा पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता कञ्चन,कार्यालय सदस्य राजवीर लगायतले प्रशिक्षण तथा निर्देशनात्मक भनाई राखेका थिए ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस