दाेस्राेपटक प्रमुख भए क्रान्तिकारी कम्युनिस्ट पार्टी,पाल्पाको मुक्ति गैरे : राजनीतिक ईतिहास सहित

दाेस्राे पटक क्रान्तिकारी कम्युनिस्ट पार्टी,पाल्पाको प्रमुख मुक्ति गैरे भएका छन् । माेहन बैध नेतृत्वको नेकपा(क्रान्तिकारी माअाेवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा(बहुमत) काे एकता अधिवेशन सम्पन्न भए लगत्तै प्रदेश नम्बर ५ काे एकता अधिबेशनबाट प्रदेश कार्यलय सदस्यमा चयन भई पाल्पा जिल्ला समितिकाे दाेस्राेपटक संयाेजक भएका हुन् ।  उनी माअाेवादी अर्थात क्रान्तिकारी अान्दोलनमा निकै संघर्षपुर्ण यात्रा थालेका गैरे यस अघि पनि नेकपा(बहुमत) निर्माण प्रक्रिया चलिरहेकै बेलामा मिति २०७९ जेठमा रुपन्देहीको नयाँगाँउमा सम्पन्न लुम्बिनी ब्युरोकाे पहिलो बैठकले पाल्पा जिल्ला समितिकाे संस्थापक जिल्ला संयाेजकमा चयन गरेको थियोे । विगतमा विप्लव नेतृत्व नेकपामा रहि निकै सक्रिय राजनीतिमा लागेका उनी चुनावी बिषयलाई लिएर धर्मेन्द्र बास्ताेलाकाे नेतृत्वमा नेकपा(बहुमत) पुर्नगठनकाे घाेषणा गरेपछि विप्लव नेतृत्वको नेकपाकाे पाल्पा जिल्ला समितिबाट एक्लै विद्रोह गरेका थिए । नेकपा(बहुमत) पुर्नगठन भए पछि २०७९ बैशाख २०,२१,२२ गते चितवनमा सम्पन्न बिशेष राष्ट्रिय भेलामा सहभागी भएका थिए । साे भन्दा अगाडि पार्टीको विभिन्न पदिय जिम्मेवारीमा रहि काम गरेका थिए । विप्लवले राजनीतिक तथा वैचारिक विचलनकाे अाैपचारिक बाटो १२ अाैं केन्द्रीय समितिकाे बैठकमा स्थानीय चुनाव उपयाेग निति तथा राजनीतिक कार्यक्रम पेश गरेपछि त्यसको वैचारिकि तथा प्रचारप्रसार मार्फत प्रतिबाद र अाफ्नाे माेर्चाबाट अग्रभागिय माेर्चामा रहेर काम गरेका थिए । उनलेे त्यतिबेला धर्मेन्द्र बास्तोला पक्षमा सात जना पत्रकारका केन्द्रीय सदस्यहरुलाई नै उभ्याएर विप्लवकाे वैचारिक तथा राजनीतिक विचलन विरुद्ध मिति २०७९ सार्वजनिक विज्ञप्ति नै जारि गरेका थिए र पार्टीको मुखपत्र साप्ताहिक पत्रिका राताे खबरकाे कार्यलय बचाउन पनि महत्त्वपूर्ण भुमिका खेलेका थिए । उनलाई अहिले पनि पार्टी एकता प्रक्रियामा सक्रिय रुपमा लाग्दा विभिन्न चुनाैतिपुर्ण भाैतिक अाक्रमण,प्रहरी प्रशासनकाे अाक्रमण,हिरासत,झुठो मुद्दा,घेराबन्दी लगायतका थुप्रै नाकाबन्दी चलिरहँदा कत्ति पनि विचलित भई बिक्रम सम्वत् २०७९ बैशाख १८ मा नेकपा(बहुमत) र नेकपा(क्रान्तिकारी माअाेवादी) पार्टीको एकतालाई सफल पार्न कठाेर संघर्ष गरिरहेका छन् । उनी माथि भाैतिक अाक्रमण हुँदा समेत विचलित नभई पार्टी एकताकाे गति र कार्यक्रम कार्यवन्यन गर्न पार्टि सेल कमिटी सम्म भेटघाटमा व्यस्त रहेका छन् ।

यस्तो छ उनको राजनीतिक ईतिहास

तत्कालीन प्रचण्डले नेतृत्व नेकपा(माअाेवादी) निकट २०६१ सालमा अनेरास्ववियु क्रान्तिकारी सातपाेखरि माविकाे ईकाई समिति सचिव,२०६२ सालमा तत्कालीन नेकपा(माअावादी) काे स्थानीय स्वयंसेवक दलकाे सदस्य,
२०६३ सालमा तत्कालीन नेकपा(माअाेवादी) काे युवा संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल पाल्पाकाे सदस्य,२०६४ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(माअोवादी) पाल्पाकाे सदस्य,२०६४ सालमा तत्कालीन नेकपा(माअाेवादी) काे सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल पाल्पाकाे एरिया समिति सदस्य,२०६५ सालमा तत्कालीन नेकपा(माअोवादी) पाल्पाकाे एरिया समिति सदस्य,२०६५ सालमा तत्कालीन नेकपा(माअाेवादी) काे सेना जनमुक्ति सेना नेपाल चौथो डिभिजन BN कार्यलय नवलपरासीकाे सदस्य र सहायक संगठन याेङ्ग कम्युनिस्ट लिग जिल्ला समिति पाल्पाको जिल्ला सदस्य,२०६७ सालमा तत्कालीन प्रचण्ड नेतृत्वले चलाएको एकीकृत नेकपा(माअाेवादी) ले चलाएको अाम सशस्त्र विद्रोह काठमाडौं पुल्चोक अार्कमा सेक्सन भ्वाइस कमान्डर,२०६९ साल असारमा प्रचण्डले क्रान्तिलाई धाेका दिएकाे भन्दै माेहन बैध कमरेड किरणकाे नेतृत्वमा काठमाडौंमा भएको बिशेष राष्ट्रिय भेलाकाे प्रतिनिधि,२०६९ सालमै विभाजित पार्टी नेकपा-माअोवादीकाे जिल्ला समिति सदस्य,२०७१ सालमा नेकपा-माअाेवादीकाे रुपन्देही जिल्ला सदस्य,२०७१ मै नेत्रबिक्रम चन्दले नेतृत्व गरेको नेकपा-माअाेवादी रुपन्देहीको बरिस्ठ जिल्ला सदस्य,२०७१ मै उक्त पार्टीबाट गुल्मी जिल्लामा सरुवा भई जाँदा नेकपा(माअाेवादी) पार्टीकाे सचिवालय सदस्य,२०७२ मा पार्टी निकट अखिल(क्रान्तिकारी)काे गुल्मी जिल्ला अध्यक्ष,नेकपा(माअाेवादी) निकट जिल्ला जनप्रतिनिधि सभाको जिल्ला उपसभामुख,२०७४ मा पाल्पा सरुवा भई अखिल(क्रान्तिकारी) जिल्ला अध्यक्ष तथा पार्टी ईलाका ईन्चार्ज,२०७६ सालमा नेपाल कम्युनिस्ट पार्टीकाे पाल्पा जिल्ला समितिकाे पुर्वी कमान्ड सहईन्चार्ज तथा अखिल(क्रान्तिकारी)काे केन्द्रीय सदस्य,२०७९ नेत्रविक्रम चन्द विप्लवबाट विभाजित धर्मेन्द्र बास्तोला नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी(बहुमत)काे पाल्पा जिल्ला समिति संयाेजक भई हाल भर्खरै सम्पन्न २०८० असार ९ र १० गते दाङकाे घाेराहिमा सम्पन्न प्रदेश नम्बर ५ काे धर्मेन्द्र बास्ताेला नेतृत्व नेकपा(बहुमत) र माेहन वैध नेतृत्वको नेकपा(क्रान्तिकारी माअाेवादी)काे एकता अधिबेशनबाट बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे प्रदेश कार्यलय सदस्यमा चयन भई पाल्पा जिल्ला समिति पाल्पाको संयाेजक हुनु भएको छन् । उनलेे पत्रकारितामा,लेखन,साहित्यमा अाफ्नाे क्षमतालाई बेला बेलामा उजागर गरेका छन् पत्रकारिता क्षेत्रमा व्यवस्थापक,संचालक,सम्पादक र प्रधान सम्पादक भई नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखा सहसचिव पनि भएका छन् ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस