सरकार र अदालत भारतको गुलाम भयो,म यस्तो कानुन र अदालतलाई मान्नेवाला छैन् : बालेन शाह

सरकार र अदालत भारतको गुलाम भएकाे ठाेकुवा गरेका छन् अाज उनलेे अाफ्नाे सामाजिक संजालमा लेख्दै भनेका छन् “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन् ।” उनलेे “अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन् ।” भनेका छन् ।
उनलेे लेखेको सामाजिकमा लेखेको स्टाट्स
“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन् । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सके पछि उनिहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो,अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन् ।”

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस