अस्पतालका बिरामीहरुलाई फलफुल तथा पानी वितरण

कोहलपुर / बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका बिरामिहरुलाई फलफुल तथा पानी वितरण गरिएको छ ।

कोहलपुर जुनियर जेसिजको आयोजना अस्पताल भित्रका विभिन्न वार्डहरुमा त्यहाँ उपाचाररत बिरामिहरुलाई फलफुल र पानी वितरण गरिएको हो ।


बढ्दो गर्मिका कारण अस्पताल भित्रका बिरामी तथा कुरुवाहरुलाई थोरै भएपनि राहत मिलोस भन्ने हेतुले उक्त कार्यक्रम गरेको कोहलपुर जुनियर जेसीजका अध्यक्ष यमु कडेलले बताएका छन । उनका अनुसार जेसिजको मुल मन्त्र ” मानवताको सेवा जिवनको सर्वोतम कार्य हो ” अन्तर्गत रहि यस्ता खालका कार्यक्रमहरु विगतका दिनहरु बाट गर्दै आएको अध्यक्ष कडेलले जानकारी दिएका छन ।

वितरण कार्यक्रममा बोल्दै समाजसेवी तथा संन्चारकर्मी  क्षितिज मगरले ” अहिलेको आर्थिक मन्दी र बढ्दै गरेको गर्मिका कारण टाढा टाढा बाट उपचार गर्न आउनुभएका व्यक्तिहरुलाई थोरै भएपनि शितलता दिनलाई यो कार्यक्रम गरेको बताएका छन । साथै उनले कोहलपुर जुनियर जेसिजले गरेको काम प्रति सम्मान गर्दै बिरामिहरुलाई स्वास्थ लाभको शुभकामना व्यक्त गरेका थिए  ।

कार्यक्रममा विभिन्न वार्डमा गरि एकसय जना भन्दा बढिलाई जुस , पानी र केरा वितरण गरिएको हो ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस