मधेसकाे रुपन्देही पकडिहवामा ४३ डिग्री सेल्सियस मापन भई लु चलिरहदा धान राेपियाे (तस्बिर सहित) 

४३ डिग्री सेल्सियस मापन भईरहदा मधेसमा धान राेपिएकाे छ । यतिबेला माैसम तथा पुर्वमानुमान विभागले खडेरी चलिरहेको तथा लु चलिरहेको अवस्थामा समेत नेपाल कै दाेस्राे गर्मि हुने भैरहवा स्थलबाट १२ किमि पुर्व हुलाकी मार्ग पर्ने राेहिणि गाउँपालिका वडा नम्बर ४ पकडिहवा रुपन्देहीमा धान राेपिएकाे हाे । माैसम विभागले खडेरी सहित लु चलेको अवस्थामा रिङ्गटा लाग्ने,चक्कर अाउने,शरिरमा पानीको मात्रा कम भई विरामि परि ज्यानै जान सक्ने संकेत गरिरहदा भने किसानहरु धान खेतीमा रमाईरहेका छन् । विभागका अनुसार सुख्खा खडेरी भई पानीका मुहान सुकिरहेका बेलामा समेत मधेस मै धान राेप्न थालिएको हाे । हामीले याे समाचार तयार पार्दा सम्म त्यहाँको ४३ डिग्री सेल्सियस तापक्रम पुगिरहेकाे थियो । हामीले किसान ईन्द्रजित रायलाई यस्तो अवस्थामा धान कसरी राेप्नु भयो ? भनी प्रश्न गर्दा : “हामी किसान हाैं हामीलाई नगरि खान पुग्दैन हामीलाई जस्तोसुकै अवस्था अाए पनि हामी हाम्रो किसानि गर्न छाड्दैनाैं । हामीले बाेरिङ्ग चलाएर जमिन मुनिबाट पानी निकालि बीउ राखेउ बीउ हुर्कियाे समयमा नराेपे बिउबाट राम्रो धान नफल्ने भएको हुँदा समयमै राेप्नु पर्छ हामीले बाेरिङ्ग चलाएर माैसमकाे प्रवाह नगरि धान राेपेका छाैं” ।, लु कारण समस्या भएको छैन् वा सुख्खा खडेरीले असर पारेको छैन् ? भनी प्रश्न गर्दा : “असर पारेको छ बाेरिङ्गमा पानी कम अाएकाे छ,बाेरिङ्ग मात्रै हाेईन पाईपकाे पानी कम छ,गर्मी अत्याधिक छ तर हामी किसानि दुख हामीले गर्नैपर्छ ।” उहाँले भन्नुभयो हामीले ७ विगाहामा धान राेपियाे अब ६ कठ्ठा छ त्यसमा गाउँ भरिका किसानहरूको बीउ राखेको छ त्यो बीउ राेपेर सकेपछि बल्ल त्यो ६ कठ्ठामा पनि धान राेप्ने छाैं हामीले नै याे एरियामा पहिलोपटक धान राेपका छाैं याे पटक अब अरु किसान साथीहरूले पनि राेप्नु हुन्छ ।”

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस